ताइवान तनावकाबीच जम्मू-कश्मीरको बारेमा बोल्यो चीन


प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार

जम्मू-कश्मीरबाट धारा ३७० हटाउने निर्णयको तीन वर्ष पूरा भएको अवसरमा चीनले भारत र पाकिस्तानले वार्ता र परामर्शबाट कश्मीरका विषयमा आफ्ना मतभेदहरू शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने बताएको छ।

चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘कश्मीर मुद्दामा चीनको अडान एकदमै स्पष्ट छ। कश्मीर भारत र पाकिस्तानबीच लामो समयदेखिको मुद्दा हो। यो अन्तर्राष्ट्रिय समुदायको साझा धारणा पनि हो। हामीले पहिले पनि भनेका थियौं कि सम्बन्धित पक्षले संयम र विवेक अपनाउनुपर्छ । हामी भारत र पाकिस्तान दुबैलाई वार्ता र परामर्शबाट शान्तिपूर्ण रूपमा विवाद समाधान गर्न अपील गर्दछौं।

सन् २०१९ मा भारत सरकारले भारतीय संविधानको धारा ३७० अन्तर्गत जम्मू कश्मीरलाई दिइएको ‘विशेष दर्जा’ खारेज गरेको थियो। सरकारले जम्मू-कश्मीरलाई दुई भागमा विभाजन गर्ने निर्णय गरेको थियो र यस निर्णय अन्तर्गत दुई केन्द्र शासित प्रदेशहरू सिर्जना गरिएको थियो। एउटा जम्मू कश्मीर र अर्को लद्दाख।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०१९ मा चीनले के भन्यो ?

त्यसबेला पाकिस्तानसँगै चीनले पनि धारा ३७० हटाउने विषयमा कडा प्रतिक्रिया दिएको थियो । चीनको विरोध विशेषगरी लद्दाख क्षेत्रलाई जम्मु कश्मीरबाट हटाई केन्द्र शासित प्रदेश बनाउने थियो।

चिनियाँ विदेश मन्त्रालयले भनेको थियो, ‘हालसालै भारतले आफ्नो घरेलु कानूनमा परिवर्तन गरेर चीनको सार्वभौमसत्तामाथि प्रश्न उठाएको छ। भारतको यो कदम अस्वीकार्य छ र यसले कुनै असर गर्दैन। सधैं आफ्नो सीमाभित्र देखाएर विरोध गर्छ।’ तर, यसपटक चीनको भनाइमा केही नरमता आएको छ ।

ताइवानको ‘एक चीन’ नीतिलाई लिएर अहिले चीन आफैं विवादमा छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीचको तनाव बढेको छ ।

रुस, पाकिस्तान र श्रीलंका जस्ता देशले ‘एक चीन’ नीतिलाई खुलेर समर्थन जनाएका छन् तर भारतले यस विषयमा  बोल्न आनाकानी गरिरहेको छ । यस विषयमा मौनता कायम राख्दै भारतले न अमेरिकी नेताको भ्रमणलाई समर्थन गरेको छ न त चीनको ‘एक चीन नीति’लाई ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com