पेन्सिलभेनियामा घरमा आगलागी हुँदा ३ बालबालिकासहित १० जनाको मृत्यु


प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार

अमेरिकाको पेन्सिलभेनियामा घरमा आगलागी हुँदा ३ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । नेस्कोपेकमा रहेको एउटा घरमा शुक्रबार भएको आगलागीमा ५ बर्षदेखि ७९ बर्षसम्मका व्यक्तिको मृत्यु भएको छ ।

दुईतले घरमा भएको आगलागीमा ३ जना बयस्कहरु बाहिर निस्कन सफल भएका थिए । अरु १० जनाको भने घरबाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको छ ।

अग्निनियन्त्रकहरूले घरको पछाडिको भागमा प्रवेश गर्न प्रयास गरेका थिए । तर आगोको ज्वाला र अत्याधिक तापक्रमका कारण उनीहरु पछाडि हट्न बाध्य भएका थिए ।

मृत्यु हुनेमा १९ वर्षीय डेल बेकर, २१ बर्षका स्टार बेकर, ७९ बर्षका डेभिड डबर्ट सीनियर, ४२ बर्षका ब्रायन डौबर्ट, ४५ बर्षका शानन डबर्ट, ४७ बर्षकी लौरा डबर्ट र ५४ बर्षकी मारिएन स्लसर रहेका छन् । बालबालिकामा ५ र ६ वर्षका दुई बालक र ७ वर्षकी एक बालिका रहेको बताइएको छ।

नेस्कोपेक फिलाडेल्फियाको लगभग ९५ माइल उत्तरपश्चिममा छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com