के डिभी विजेताका लागि आई १३४ स्पोन्सर आवश्यक छ ? अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको जवाफ


प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार

कतिपय डिभी विजेताहरुलाई भिसा अन्तरवार्ताका क्रममा दूतावास वा कन्सुलेट कार्यालयहरुले आई १३४ स्पोन्सर माग्ने गरेका छन् भने कतिपय डिभी विजेताहरुलाई आई १३४ स्पोन्सर विना पनि भिसा जारी गर्ने गरिएको छ । यो सन्दर्भमा डिभी विजेताका लागि भिसा प्राप्त गर्न आई १३४ स्पोन्सर आवश्यक भए नभएकोबारे खसोखासले अमेरिकी विदेश मन्त्रालयलाई सोधेको छ ।

यसबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले थप स्पष्ट पार्दै भनेका छन् आवेदक कुनै पनि समयमा अमेरिकामा पब्लिक चार्ज बन्ने सम्भावना छैन भन्ने स्थापित गर्न कन्सुलर अधिकारीले आई १३४ पेश गर्न अनुरोध गर्न सक्छन् । अमेरिकाको अध्यामगन तथा राष्ट्रियता ऐन अनुशार आवेदकले भिसाका लागि आवेदन दिंदा कुनै पनि समयमा पब्लिक चार्ज बन्ने सम्भावना नभएकोबारे कन्सुलर अधिकारीलाई सन्तुष्ट पार्नुपर्छ । त्यस्तै पब्लिक चार्ज बन्ने सम्भावना नभएकोबारे अमेरिका प्रवेश गर्दा अध्यागमन अधिकारीलाई पनि सन्तुष्ट पार्नुपर्छ ।

आप्रवासी भिसा आवेदकले सामान्यतया यो मापदण्ड विभिन्न प्रकारका कागजातहरु प्रस्तुत गरेर पूरा गर्न सक्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका छन् । आवेदकसँग अमेरिकामा आफू र परिवारका सदस्यहरुलाई सहयोग गर्न प्रयाप्त व्यक्तिगत कोष भएको र उक्त कोष अमेरिकामा रोजगारी नहुन्जेलका लागि प्रयाप्त रहेको पुष्टी गरेर भविश्यमा पब्लिक चार्ज नहुने कुरा आश्वस्त पार्न सक्ने विदेश मन्त्रालयका प्रवक्ताको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेश मन्त्रालयका अनुशार त्यस्तै आवेदकले आफू र आफ्नो आश्रित परिवारलाई पाल्नसक्नेगरी अमेरिकामा रोजगारीको व्यवस्था गरेको प्रमाण पेश गरेर समेत पब्लिक चार्ज नहुने कुरा आश्वस्त पार्न सक्छन् । त्यस्तै अमेरिकामा रहेका आफन्त वा साथीहरुले भिसा आवेदकलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको खण्डमा समेत पब्लिक चार्ज नहुने कुरा आश्वस्त पार्न सकिनेछ । उल्लेखित मध्ये कुनै एक वा एकभन्दा धेरै प्रमाणहरु पेश गरेर भिसा प्राप्त गर्न सकिने विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका छन् ।

अमेरिकामा गास, बास र स्वास्थ्यका लागि सरकारको भर पर्ने सम्भावना भएको अवस्थालाई पब्लिक चार्जको अवस्था भनिन्छ । भिसा आवेदकले भिसा प्राप्त गर्दा यस्तो सरकारी सुविधा नलिने कुरा भिसा अधिकारीलाई आश्वस्त पार्न सक्नुपर्छ । ट्रम्प प्रशासनले ल्याएको कडा प्रकारको पब्लिक चार्जको नियम हटाइएपनि पुरानो पब्लिक चार्जको नियम भने अहिले पनि कार्यान्वयनमा रहेको छ ।

भिसा आवेदकलाई स्पोन्सर गर्न चाहने अमेरिकामा रहेको व्यक्तिले फर्म आई १३४ भरेर पठाउनुपर्छ । जुन फर्म युएससीआईएसको वेवसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

डिभी विजेतालाई स्पोन्सरका लागि कति हुनुपर्छ स्पोन्सरकर्ताको आम्दानी?

रोजगारमा आधारित ग्रिनकार्ड डिभी लोटरी र मंगेतर भिसा के वानका लागि आई १३४ नामको स्पोन्सर फर्म भर्नुपर्ने हुनसक्छ । यसका लागि स्पोन्सरकर्ताको निश्चित आम्दानी हुन आवश्यक हुन्छ । अमेरिकामा आएर सरकारी सुविधा लिने सम्भावना देखेको खण्डमा कतिपय डिभी विजेताहरुलाई भिसा अन्तरवार्ताका क्रममा आर्थिक सहायताको घोषणा आई १३४ माग्ने गरिएको छ । तर सबैको सन्दर्भमा भने यस्तो स्पोन्सर आवश्यक नपर्नसक्छ ।

परिवारमा आधारित ग्रिनकार्ड स्पोन्सर गर्दा जस्तो आई ८६४ फर्म डिभी विजेतालाई स्पोन्सर गर्दा भर्नु नपर्ने भएकाले आई ८६४ को तुलनामा कम आम्दानी भए पुग्छ । किनभने आई ८६४ नामको स्पोन्सर फर्म भर्दा आम्दानीको मापदण्ड पोभर्टी गाइडलाइनभन्दा १२५ प्रतिशतमाथि हुनुपर्छ भने आई १३४ नामको स्पोन्सर फर्म भर्दा पोभर्टी गाइडलाइनभन्दा एकसयप्रतिशतमाथि भए पुग्छ ।

फर्म आई ८६४ भर्ने स्पोन्सरकर्ताले स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आएर सरकारी सुविधा खाएमा त्यसको क्षतिपूर्ति सरकारलाई तिर्नुपर्ने हुनसक्छ भने आई १३४ स्पोन्सरमा त्यस्तो बाध्यता नहुनसक्छ । त्यसैले डिभी विजेतालाई स्पोन्सर गर्दा परिवारमा आधारित ग्रिनकार्ड स्पोन्सरको जस्तो काडा मापदण्ड छैन ।

अलास्का र हवाई बाहेक ४८ राज्यमा बस्नेहरुका सन्दर्भमा कोही एकल व्यक्तिले बार्षिक १८ हजार ३ सय १० डलरभन्दा धेरै आम्दानी छ भने एकजना डिभी विजेतालाई स्पोन्सर गर्नसक्छ । तर दुईजना डिभी विजेता वा दम्पत्ति डिभी विजेतालाई स्पोन्सर गर्नुपरेमा बार्षिक आम्दानी २३ हजार ३० डलरभन्दा माथि हुनुपर्छ ।

त्यस्तै डिभी विजेताका दम्पत्ति र एउटा बच्चा रहेको खण्डमा एकल स्पोन्सरकर्ताको आम्दानी २७ हजार ७ सय ५० भन्दा माथि हुनुपर्छ । स्पोन्सर गरिने एकजना व्यक्ति थपिदै जाँदा आम्दानीको मापदण्ड प्रतिव्यक्ति ४७ सय २० डलरले थपिदै जान्छ । अमेरिकामा दम्पत्ति र एउटा बच्चा भएको व्यक्तिले एकजना डिभी विजेतालाई स्पोन्सर गर्नुपरेमा उसको आम्दानी २७७५० भन्दा माथि हुनुपर्छ ।

डिभी विजेतालाई स्पोन्सर गर्दा कतिजना डिभी विजेतालाई स्पोन्सर गर्ने हो र स्पोन्सरकर्ताको परिवारको आकार कति ठूलो छ, त्यो आधारमा आम्दानीको मापदण्ड तय गरिएको छ । हवाई र अलास्काका सन्दर्भमा आम्दानी अन्य राज्यको तुलनामा अझ धेरै हुनुपर्छ ।

४८ राज्यमा हुनेहरुका लागि आम्दानीको मापदण्ड

युएससीआइएसले गतबर्ष नयाँ मापदण्ड अप्रिल १ बाट लागु गरेको थियो । यो बर्षभने मार्च १ बाटै लागु गरिएको छ ।

हवाईमा हुनेहरुका लागि हवाईमा हुनेहरुको तुलनामा अलास्कामा हुनेहरुको अझ बढी आम्दानी हुनुपर्ने प्रावधान रहेको छ ।

अलास्कामा हुनेहरुका लागि

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com