चीनले ताइवान नजिकै आक्रामक सैन्य अभ्यासकाबीच विदेशी कुटनीतिज्ञलाई फिर्ता बोलायो


प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार

चीनले ताइवानमा आफ्नो आक्रामक सैन्य कारवाहीमाथि आपत्ति जताउने युरोपेली देशका कुटनीतिज्ञका साथै जापानका राजदूतलाई फिर्ता बोलाएको छ ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले चीनको आपत्तिका बाबजुद ताइवानको भ्रमण गरेकी छिन् । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ ।जवाफी कारवाहीको रुपमा चीन ताइवानको आसपासको इलाकामा आक्रामक सैन्य अभ्यास गरिरहेको छ । उसको तर्फबाट लगातार मिसाइल दागिएको छ । उसले ताइवान स्ट्रेटमा नौसेनाको जहाज, जंगी विमान पनि पठाएको छ । यसमाथि युरोपेली संघ र जी–सेभेन समूहमा समावेश देशले आपत्ति जताएको थियो । अब चीनले सैन्य अभ्यासमाथि विरोध जनाउने युरोपेली देशका कुटनीतिज्ञका साथै जापानी राजदूतलाई पनि बोलाएको छ ।

शुक्रबार चीनको विदेश मन्त्रालयले विदेश उपमन्त्री डेंग लीलाई उद्धृत गर्दै यी देशको बयानलाई ‘गलत’ बताए र साथै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ति जतायो ।
यसअघि जी–सेभेन समूहको बयानप्रति विरोध जताउनका लागि चीनले बिहिबार जापानसँग हुने विदेशमन्त्रीहरुको बैठक पनि रद्द गरिएको थियो । जी–सेभेनले संयुक्त बयान जारी गरेर चीनसँग ‘यथास्थितिमा एकतर्फी परिवर्तन’ ल्याउनबाट जोगिन भनेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनको तर्फबाट दागिएको मिसाइलमा चारवटा जापानको विशेष आर्थिक क्षेत्रमा खस्यो जसका लागि जापानले विरोध जताएको छ । जापानले यसलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा बताएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार चीनको सैन्य अभ्याससले क्षेत्रीय शान्ति र सुरक्षालाई खतरा पैदा गरिरहेको बताएका छन् ।

अर्कोतर्फ न्यान्सी पेलोसी आफ्नो एशियाली भ्रमणको अन्तिम बिन्दुको रुपमा शुक्रबार जापान पुगिन् । त्यहाँ उनले पत्रकार सम्मेलनमा उनको ताइवान यात्राको उद्देश्य यथास्थिति परिवर्तन गर्नु नभएको बताइन् । पेलोसीले अमेरिकाले ताइवानलाई कहिल्यै एक्लो हुन नदिने बताएकी छिन् ।-बिबिसिबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com