Follow @khasokhasmag

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ


प्रकाशित मिति : श्रावण २०, २०७९ शुक्रबार

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ । वाल स्ट्रिट जर्नलले बिहीबार यस किसिमको प्रतिवेदन सार्वजनिक गरेको छ।

सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारी बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको रिपोर्टमा उल्लेख गरिएको छ।

अमेरिकी अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रणालीको विश्वसनीयताको मूल्याङ्कन गर्ने उद्देश्यले वर्षमा थुप्रै पटक गरिने यो परीक्षण शुरुमा क्यालिफोर्नियाको भान्डेनबर्ग एयर फोर्स बेसमा यस हप्ता हुने बताइएको थियो तर यसमा ढिलाइ भइरहेको छ।-एएनआई/स्पुतनिक

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com