अमेरिकी सांसद ज्याकी वालोर्स्कीको कार दुर्घटनामा निधन


प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार

Official Portrait Select

अमेरिकी सांसद ज्याकी वालोर्स्कीको बुधबार कार दुर्घटनामा मृत्यु भएको छ । ५८ वर्षकी वालोर्स्की इण्डियाना राज्यको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकी संसदको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद हुन् ।

उनको साथमा रहेका अन्य २ जना सहयोगीहरुको पनि दुर्घटनामा निधन भएको छ । वालोर्स्कीको मृत्युबारे एल्कर्ट काउन्टी शेरिफको कार्यालयले परिवारलाई जानकारी दिएको थियो । उनी आफ्नो प्रभु र मुक्तिदाता येशू ख्रीष्टसँग रहन पृथ्वीबाट प्रस्थान गरेर घर फर्केको वक्तव्यमा जनाइएको छ ।

उनी सन् २०१२ बाट सांसदमा निर्वाचित हुँदै आएकी छिन् । सदन ग्रीष्मकालीन छुट्टीमा रहेको बेलामा सांसदहरू प्रायः आफ्नो डिस्ट्रिक्टमा पुग्ने गर्छन् । यसै क्रममा उनी पनि आफ्नो डिस्ट्रिक्टमा थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी क्यापिटल हिलमा सांसदमा निर्वाचित हुनु अघि इंडियाना राज्य संसदमा तीन कार्यकाल सेवा गरेकी थिइन् । रोमानियामा मिसनरीको रूपमा चार वर्ष बिताएकी उनले त्योभन्दा अगाडि टेलिभिजन रिपोर्टरको रूपमा समेत काम गरेकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com