न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र अमेरिकाबीच तनाव


प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार

ताइवानको मुद्दालाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दै गएको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी आज ताइवान पुग्ने चर्चा छ । ह्वाइट हाउसले न्यान्सी पेलोसीको सम्भावित भ्रमणको जवाफमा चीनले सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएको छ ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले चीनले ताइवान नजिकै मिसाइल प्रहार गर्न सक्ने र आफ्नो पक्षबाट व्यापक नौसैनिक वा हवाई गतिविधि हुन सक्ने बताएका छन्। पेलोसी आइतवारदेखि एसिया भ्रमणमा छिन् र उनले ताइपेई पनि जाने दाबी ताइवानी मिडियामा भइरहेको छ । यद्यपि अमेरिकी सरकारले यो दाबी पुष्टि गरेको छैन ।

चीनले ताइवानलाई आफ्नो हिस्सा दाबी गर्दै आएको छ । न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । सोमबार, संयुक्त राष्ट्रका लागि चीनका राजदूत झाङ जुनले न्यान्सी पेलोसीको ताइवान भ्रमणले अमेरिका–चीन सम्बन्ध बिग्रन सक्ने चेतावनी छन् ।

एसिया भ्रमणका क्रममा पेलोसीले सिंगापुर, मलेसिया, दक्षिण कोरिया हुँदै जापान जाने कार्यक्रम रहेको छ । न्यान्सी पेलोसीले सधैं चीनको मानवअधिकार रेकर्डमा खुलेर आलोचना गरिरहेकी छिन् । उनले भनेकी छन्, ’ताइवानलाई समर्थन देखाउनु अमेरिकाको लागि महत्त्वपूर्ण छ ।’ पेलोसी यसअघि अप्रिलमा नै ताइवान जाने कार्यक्रम तय भएको थियो तर त्यतिबेला कोरोना संक्रमित भएपछि उनको भ्रमण रद्द गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com