ऋण तिर्ने उपाय पहिल्याउन दलहरूलाई श्रीलङ्काली राष्ट्रपतिको आग्रह


प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशलाई आर्थिक सङ्कटबाट पार लगाउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्भावित सम्झौता मुलुकमा व्याप्त राजनीतिक अस्थिरताका कारण अघिबढाउन विलम्ब भएको बताउँदै राजनीतिक दलका नेताहरूलाई ऋण तिर्ने उपाय पहिल्याउन आग्रह गरेका छन् ।

देशले झेल्नु परेको वर्तमान चुनौतीलाई स्थायीरूपमा समाधानका निम्ति सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले देशको अहिलेको आर्थिक सङ्कटका लागि पूर्वराष्ट्रपति गोटबाया राजापाक्षलाई दोष दिनुको कुनै अर्थ नभएको बताए ।

शनिबार क्याण्डीमा भएको एक कार्यक्रममा उनले देशलाई आर्थिक सङ्कटबाट मुक्त गरी वैदेशिक ऋण चुक्ता गर्न सबै राजनीतिक दललाई एकजुट हुन आग्रह गरे । साथै उनले त्यस निम्ति उपाय पहिल्याउन पनि आग्रह गरे । आईएमएफसँगको सम्झौताले श्रीलङ्काको समस्या पूर्ण रूपमा समाधान नहुने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि अगाडि बढेको आईएमएफसँगको सम्भावित सम्झौता देशमा व्याप्त अस्थिरताका कारण रोकिएको जनाउँदै उनले आगामी अगस्टको अन्त्यपछि सम्झौता हुनसक्ने बताए । आईएमएफसँग सम्झौता नभएसम्म अन्य देशले श्रीलङ्कालाई आर्थिक सहयोग गर्न इच्छुक नहुने दोहो¥याए ।

यसैबीच, सरकारी तथ्याङ्कअनुसार यसै वर्षको जुनमा २७ हजार नौसय जना रोजगारीको खोजीमा बाहिर गएका, अनुमतिप्राप्त वैदेशिक रोजगार प्रदायक निकायमार्फत नौ हजार आठसय ५४ जना रोजगारीका लागि विदेश गएका छन् । यस वर्षको जनवरीदेखि एक लाख ५० हजारभन्दा बढीले देश छाडेका छन् ।

चरम आर्थिक सङ्कटले पिरोलिएका श्रीलङ्काका जनता औषधि, इन्धन र खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको अभावमा सङ्घर्ष गरिरहेको छन् । राजापाक्षको कुशासनका कारण आफूहरूले अकल्पनीय अभावको सामना गर्नुपरेको भन्दै हज्जारौँ सर्वसाधारण विरोध प्रदर्शनमा उत्रेका थिएभने केहीले राष्ट्रपति निवासमा प्रवेश गरेर उनलाई देश छाड्न बाध्य पारेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com