एसपीपीबारे परराष्ट्रमन्त्रीले आज संसदमा जवाफ दिने


प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे संसदमा र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।सरकारले गत असार ६ गते एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको छ ।

साउन ४ गते नेकपा एमालेका सांसद भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय अमेरिकालाई जानकारी नगराइएको भनी ‘रोष्ट्रम कब्जा’ रोष्ट्रममा उभिएर अमेरिकालाई पत्र पठाउन निरन्तर माग, सरकारलाई रुलिङ गर्न आग्रह० गरेका थिए । रावलले ‘रोष्ट्रम कब्जा’ गरेपछि उक्त बैठक स्थगित हुन पुगेको थियो ।

निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन पाँच गते सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए । सोही रुलिङको पालना गर्दै शुक्रबार परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा जवाफ दिन लागेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com