भारतीय वायुसेनाको विमान दुर्घटना,दुई जना पाइलटको मृत्यु


प्रकाशित मिति : श्रावण १२, २०७९ बिहीबार

भारतीय वायुसेनाको मिग–२१ विमान राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ ।
समाचार एजेन्सी पीटीआईले बाडमेर जिल्ला मजिस्ट्रेट लोकबन्धुलाई उद्धृत गर्दै भने छ, घटना जिल्लाको बैतुको भीमदा गाउँ नजिकै भएको थियो। एएनआईका अनुसार रक्षामन्त्री राजनाथ सिंहले भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल वीआर चौधरीसँग दुर्घटनाको बारेमा कुरा गरेका थिए। वायुसेना प्रमुखले यस घटनाको बारेमा रक्षामन्त्रीलाई जानकारी दिएका छन्।

विमानमा दुई जना पाइलट सवार रहेको बताइएको छ । पीटीआईका अनुसार यस दुर्घटनामा दुवै पाइलटको मृत्यु भएको छ । एएनआईका अनुसार भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएका दुवै पाइलटको मृत्युमा शोक व्यक्त गर्दै परिवारसँग उभिन आग्रह गरेको छ।

सोही क्रममा वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com