अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै


प्रकाशित मिति : श्रावण ११, २०७९ बुधबार

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् ।दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण अन्यौलता परेका उनी बेला काठमाडौँ आउन लागेका हुन् ।

उनी एमसीसी पारित हुनुअघि कूटनीतिक गृहकार्यका लागि नेपाल आएका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि फेरि उनी नेपाल आउन लागेका हुन् ।लुले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com