अमेरिकामा ८१० मिलियन पुग्यो आज खोलिने मेगा मिलियन ज्याकपट
प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार
शुक्रबार कसैलाई पनि नपरेपछि अमेरिकामा आज खोलिने मेगा मिलियन लोटरी ८१० मिलियन डलर पुगेको छ । २० बर्षको इतिहासमा मेगा मिलियन ज्याकपट तेश्रो सबैभन्दा ठूलो राशीको भएको छ ।
मेगा मिलियनको सबैभन्दा ठूलो ज्याकपट सन् २०१८ को अक्टोबर २३ मा १ दशमलव ५ बिलियन पुगेको थियो, जुन साउथ क्यारोलाइनाका व्यक्तिले जितेका थिए । त्यसपछि सन् २०२१ को जनवरीमा १ बिलियन पुगेको थियो, जुन मिसिगनको एउटा क्लबले जितेको थियो ।

आज कसैले जितेमा र नगद एकैपटक लिन चाहेमा ४७० मिलियन डलर लिन सक्नेछन् । गत अप्रिल १५ मा एकजना विजेताले २० मिलियनको ज्याकपट जितेपछि त्यसपछि कसैले पनि ज्याकपट जितेको छैन ।
त्यो अगाडि मिनिसोटा निवासीले अप्रिल १२ मा ११० मिलियनको, न्युयोर्क निवासीले मार्च ८ मा १२८ मिलियनको र क्यालिफोर्निया निवासीले जनवरी २८ मा ४२६ मिलियनको ज्याकपट जितेका थिए ।
मेगा मिलियन ज्याकपट जित्ने सम्भावना झण्डै ३०२ मिलियन टिकटहरुमा एउटालाईमात्र हुन्छ । तर टिकटै नकिनेसम्म भने जित्ने सम्भावना हुँदैन ।









