पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ घाइते


प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नंको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । घाईते १६ जनाको तानसेन स्थित मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईहरेको छ । घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ,  जसमा दुई जना बालबालिका छन ।    बसमा २२ जना यात्रु सवार रहेको बुझिएको छ । बस सडकदेखि करिब ६० मिटर तल खसेको छ ।  घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com