मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठनद्वारा ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा,७५ देशमा १६ हजारभन्दा बढी संक्रमित


प्रकाशित मिति : श्रावण ७, २०७९ शनिबार

मंकीपक्सको प्रकोपलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो वर्गीकरण विश्व स्वास्थ्य संगठनले जारी गर्न सक्ने सबैभन्दा उच्च सतर्कता हो र विश्वभर मंकीपक्सको बिरामीको संख्या बढेपछि यस्तो निर्णय लिइएको हो ।

कोरोना भाइरसपछि अब मन्कीपक्स विश्वका लागि चिन्ताको विषय बनेको छ । बेलायत र युरोपबाट सुरु भएको यो संक्रमण अहिले ७५ देशहरूमा फैलिएको छ । अहिलेको अवस्थालाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानम गेहब्रेयससले हालको विश्वव्यापी मन्कीपक्सको प्रकोपविरुद्ध स्वास्थ्य आपतकाल घोषणा गरेको बताए ।
डाक्टर टेड्रोसले भने, ‘एक महिना अघि मैले आपतकालीन समितिलाई धेरै देशहरूमा फैलिएको मन्कीपक्सको प्रकोप स्वास्थ्य आपतकालीन हो कि होइन भनेर मूल्याङ्कन गर्न बसेको थियो, त्यतिबेला ४७ देशमा ३०४० जनामा सङ्क्रमण देखिएको थियो । तर त्यसयता मन्कीपक्सको संक्रमण बढेको र अहिले ७५ देशमा १६ हजारभन्दा बढी संक्रमित र पाँच जनाको मृत्यु भएको छ ।’
प्रकोप बढ्दै गएपछि नयाँ तथ्याङ्कको आधारमा विश्व स्वास्थ्य संगठनले आपतकाल घोषणा गरेको हो ।

डाक्टर टेड्रोसले भने, ‘सरल शब्दमा भन्नुपर्दा, हामीसँग एउटा प्रकोप छ जुन विश्वभर द्रुत रूपमा फैलिएको छ, नयाँ तरिकामा, र हामीलाई यसको बारेमा धेरै कम थाहा छ। यी सबै कारणहरूका लागि, मैले विश्वव्यापी मन्कीपक्स प्रकोप सार्वजनिक स्वास्थ्य आपतकाल हो भनेर निर्धारण गरेको छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डब्लुएचओले अब मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्यको लागि ठूलो खतरा मानेको छ र यसको फैलावट रोक्न र महामारीमा परिणत हुन नदिनका लागि अन्तर्राष्ट्रिय प्रतिक्रियाको तत्काल आवश्यकता छ ।

अहिलेसम्म करिब ७५ देशमा १६,००० भन्दा बढी घटनाहरू रिपोर्ट भइसकेका छन् । एजेन्सीको तथ्याङ्क अनुसार जुनको अन्त्यदेखि जुलाईको शुरुवातसम्म पुष्टि भएका केसहरूको संख्यामा ७७ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले यस हप्ता भनेको छ, अफ्रिका बाहिर पाइने मोन्कीपक्सका ९९ प्रतिशत केसहरू पुरुषसँग सम्बन्धित छन्, जसमध्ये ९८ प्रतिशत पुरुषसँग यौन सम्बन्ध राखेका छन्। तर, यो रोग मन्कीपक्सबाट संक्रमित बिरामीसँग नजिकको शारीरिक सम्पर्कमा रहेका जो कोहीलाई पनि लाग्न सक्छ ।

 

वर्तमान अवस्थामा अन्य दुईवटा प्रकोपविरुद्ध स्वास्थ्य आपतकाल घोषणा गरिएको छ – ‘कोरोना भाइरस महामारी र पोलियो उन्मूलनको लागि भइरहेको निरन्तर प्रयास ।’ डा.टेड्रोसले संगठनको आपतकालीन समिति सुरुमा मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गर्ने कि नगर्ने भन्नेमा सहमतिमा पुग्न नसकेको तर प्रकोपको द्रुत विस्तारका कारण यो अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरेको बताए । -एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com