मेगा मिलियन ज्याकपट पुग्यो ६६० मिलियन, इतिहासमै तेश्रो ठूलो


प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार

मंगलबार कसैलाई पनि नपरेपछि अमेरिकामा मेगा मिलियन लोटरी ६६० मिलियन डलर पुगेको छ । अब अर्को लोटरी जुलाई २२ शुक्रबार खोलिने भएको छ ।

२० बर्षको इतिहासमा मेगा मिलियन ज्याकपट तेश्रो औं सबैभन्दा ठूलो राशीको भएको छ । मेगा मिलियनको सबैभन्दा ठूलो ज्याकपट सन् २०१८ को अक्टोबर २३ मा १ दशमलव ५ बिलियन पुगेको थियो, जुन साउथ क्यारोलाइनाका व्यक्तिले जितेका थिए । त्यसपछि सन् २०२१ को जनवरीमा १ बिलियन पुगेको थियो ।

शुक्रबार यदि कसैले जितेमा र नगद एकैपटक लिन चाहेमा ३७६ मिलियन डलर लिन सक्नेछन् । गत अप्रिल १५ मा एकजना विजेताले २० मिलियनको ज्याकपट जितेपछि त्यसपछि कसैले पनि ज्याकपट जितेको छैन ।

त्यो अगाडि मिनिसोटा निवासीले अप्रिल १२ मा ११० मिलियनको, न्युयोर्क निवासीले मार्च ८ मा १२८ मिलियनको र क्यालिफोर्निया निवासीले जनवरी २८ मा ४२६ मिलियनको ज्याकपट जितेका थिए ।

मेगा मिलियन ज्याकपट जित्ने सम्भावना झण्डै ३०२ मिलियन टिकटहरुमा एउटालाईमात्र हुन्छ । तर टिकटै नकिनेसम्म भने जित्ने सम्भावना हुँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com