द्रौपदी मुर्मु बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति


प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार

भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार भएको राष्ट्रपति चुनावमा एनडीए उम्मेदवार द्रौपदी मुर्मुले विपक्षी दलका यशवन्त सिन्हालाई ठूलो मतान्तरले पराजित गर्दै भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन ।

मुर्मूलाई ५ लाख ७७ हजार ७७७ भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हालाई २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।

मुर्मू भारतमा राष्ट्रपति हुने दोस्रो महिला हुन्  भने आदिवासीमा पहिलो   हुन्  । ओडिशाकी मुर्मू यसअघि झारखण्डको गभर्नर भइसकेकी छन् । मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनीयताको सपथ लिनेछिन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com