२ पटक बुस्टर डोज लगाइसकेका अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार

२ पटक बुस्टर डोज लगाइसकेका ७९ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण भएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन-पियरले राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको बताएकी छिन् ।

ह्वाइट हाउसले  विज्ञप्ति जारी गर्दै भनेको छ, बाइडेनले फाइजरको एन्टि-कोविड चक्की, प्याक्सलोभिड  लिन थालेका छन्।

राष्ट्रपतिलाई कोरोनाका सामान्य लक्षणहरू मात्र  देखिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सीडीसीको निर्देशिका अनुसार उनी ह्वाइट हाउसमा छुट्टै बस्ने र त्यो समयमा आफ्ना सबै कर्तव्यहरू पूर्ण रूपमा पूरा गर्ने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com