सुडानको ब्लु नाइल राज्यमा भएको झडपमा परि १ सय ५ जनाले ज्यान गुमाएका छन् ।त्यहाँ भएको जातीय दङ्गामा झन्डै तीन सय जना घाइते भएका ब्लु नाइल राज्यका स्वास्थ्य मन्त्रीलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
गएको जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा दङ्गा भएको थियो ।स्वास्थ्य मन्त्री जमाल नासरले अहिले दङ्गाको अवस्था केही शान्त भएको बताउनुभएको छ । त्यहाँ सेनाको तैनाथी छ ।दशकौँको गृहयुद्धबाट बाँकी रहेका हतियारले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईबस्तु, पानी र चरनको विषयलाई लिएर पटक पटक झडपका घटना हुने गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।