बिहे भोज चलिरहेको बेला आएको डरलाग्दो समुन्द्री छाल (भिडियो)


प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार

उच्च छालले हवाईको दक्षिणी किनारमा रहेका  धेरै घर र व्यवसायहरूमा क्षति पुर्यायो। राष्ट्रिय मौसम सेवाका अनुसार छालको उचाइ छ मिटरसम्म थियो, जुन शनिबार आफ्नो चरममा थियो। हवाई प्रशान्त महासागरको बीचमा अवस्थित संयुक्त राज्य अमेरिकाको एउटा प्रान्त हो।

शनिबार कैलुवा-कोनाको समुन्द्रको किनारमा विवाह भइरहेको बेला  पानीका ठूला छालहरू आएका थिए । छालहरू यति डरलाग्दा थिए कि त्यहाँ राखिएका टेबुल र कुर्सीहरू सबै पानीमा बग्न थाले।

द गार्डियन न्युज वेबसाइटका अनुसार हवाईमा हुर्केकी लेखिका सारा एकरम्यान यस विवाहमा सहभागी भएकी थिइन्, जसले छालहरूलाई क्यामेरामा कैद गर्ने काम गरेकी थिइन्। छाल निकै डरलाग्दो रहेको उनले बताएकी छिन् । छाल आएपछि त्यहाँको कुर्सी र टेबुल समेत बगाएको थियो ।

होनोलुलुको राष्ट्रिय मौसम सेवा कार्यालयका प्रभारी मौसमविद् क्रिस ब्रान्चलेले यस्ता ठूला लहरहरू आउनुमा धेरै कारकहरू जिम्मेवार रहेको बताए। छालहरू १२ देखि १५ फिट अग्ला आएका थिए । यस्ता लहरहरू विरलै देखिन्छन् । दशकौँपछि पहिलो पटक यस्ता छालहरू देखिएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com