२ बर्षपछि कोमाबाट ब्यूझेकी वेष्ट भर्जिनियाकी महिलाको खुलासा – ‘आक्रमणकारी आफ्नै दाई’


प्रकाशित मिति : श्रावण २, २०७९ सोमबार

अमेरिकाको वेष्ट भर्जिनियाकी एकजना महिलाले २ बर्षको कोमाबाट उठेर आफूलाई आक्रमण गर्ने आक्रमणकारीको पहिचान गरेकी छिन् । ५१ बर्षकी वान्डा पाल्मर आक्रमणमा परेपछि झण्डै २ बर्ष कोमामा पुगिन् । तर जब उनी कोमाबाट ब्यूझेर आक्रमणकारीको बारेमा बताइन्, तब सबैलाई चकित बनायो ।

उनले आफूलाई आक्रमण गर्ने व्यक्ति आफ्नै दाई भएको दावी गरेकी छिन् । सन् २०२० को जुन महिनामा पाल्मरलाई आक्रमण गरेर, सख्त घाइते बनाएर मृत्युका लागि छाडिएको प्रहरीले जनाएको छ । बन्चरो वा चक्कु जस्तो धारिलो हतियारको आक्रमणपछि घाइते पाल्मरलाई प्रहरीले सोफामा उल्टो अवस्थामा अचेत भेटाएको थियो ।

प्रहरीले घटनास्थलमा पुग्दा सुरुमा उनको मृत्यु भइसकेको ठानेको थियो । तर लगत्तै उनी जीवित रहेको र स्वास फेरेको पत्ता लागेपछि उपचारका लागि अस्पताल लगिएको थियो । घटनास्थलबाट कुनै हतियार भने बरामद भएको थिएन ।

एकजना प्रत्यक्षदर्शीले पाल्मर घाइते अवस्थमा भेटिनुभन्दा एकदिन अगाडि मध्यरातमा पाल्मरका दाई डानियललाई घरको ढोकातिर देखेको बताएका थिए । तर घटनाको दिनको कुनै फोन रेडर्क, फुटेज वा प्रत्यक्षदर्शी भने थिएनन् ।

प्रहरीले घटनाबारे केही व्यक्तिलाई छानविन गरेपनि कसैविरुद्ध अभियोग दर्ता गरेको थिएन । तर पाल्मरको हेरचाह भइरहेको स्थलबाट केहीदिन अगाडि प्रहरीलाई फोन आयो, जसमा पाल्मरले अधिकारीहरुसँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताइएको थियो । पाल्मरसँगको कुराकानीका आधारमा प्रहरीले उनका दाई डानियललाई पक्राउ गरिसकेको छ । ५५ बर्षका डानियल माल्मरलाई पक्राउ गरेको हत्या प्रयासको अभियोग दर्ता गरिएको छ ।

ज्याक्सन काउन्टी प्रहरीका अनुशार डानिलयलाई ५ लाख डलरको धरौटी तोकेर अभियोग लगाइएको छ । वान्डा पाल्मरको स्वास्थ्यअवस्थामा सुधार भइरहेको बताइएपनि लामो सम्बाद गर्न भने नसक्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com