बाइडेनले खशोग्गी हत्याको प्रसंग उठाउँदा साउदी राजकुमारले उठाए अमेरिकी जेल र अक्लेहको हत्या प्रसंग


प्रकाशित मिति : असार ३२, २०७९ शनिबार

साउदी अरेबियाका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँगको भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी पत्रकार जमाल खशोग्गीको सन् २०१८ को हत्याको बारेमा प्रसंग उठाएका छन् । राजकुमार मोहम्मद बिन सलमानले रक्षात्मक रुपमा अमेरिकी राष्ट्रपतिलाई जवाफ दिएका छन् ।

राजकुमार बिन सलमानले साउदीको इस्तानबुल दूतावासमा खशोग्गीको हत्याको जिम्मेवारी अस्वीकार गरेका छन् । बाइडेनले पनि बिल सलमानको भनाईमा आफू असहमत रहेको संकेत गरेका छन् । साउदी राजकुमार मोहम्मद बिन सलमानले पत्रकार जमाल खशोग्गीको हत्याको आदेश दिएको अमेरिकी गुप्तचर अधिकारीहरूले निष्कर्ष निकालेका थिए । तर साउदी अभियोजनकर्ताहरूले उद्दण्ड साउदी एजेन्टहरूले उक्त घटना गराएको दाबी गर्दै आएका छन्।

बाइडेनले राजकुमार बिन सलमानसँग खशोग्गी हत्याको प्रसंग उठाउँदा राजकुमार सलमानले अमेरिकी सेनाले इराकको अबु घराइब जेलमा कैदीहरूमाथि गरेको यौन र शारीरिक दुर्व्यवहार तथा प्यालेस्टिनी अमेरिकी पत्रकार शिरिन अबु अक्लेहको हत्याको प्रसंग उठाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साउदी विदेश मन्त्री अदेल अल जुबेरले बैठक समाप्त भएको केही समय पछि भेटघाटमा भएको छलफलबारे संकेत गरेका थिए । खशोग्गी हत्याको बारेमा सोध्दा उनले आफूहरुले घटनाबारे अनुसन्धान गरेर सजाय दिएको र यस्तो घटना नदोहोरिने सुनिश्चित गरेको बताए । देशहरूले गर्ने यस्तै भएको र अबु घराइब जेलमा गल्ती हुँदा पनि अमेरिकाले यही गरेको बताए ।

सन् २००३ मा इराकमा अमेरिकी आक्रमणको शुरुवातदेखि सन् २००६ मा बन्द नभएसम्म अबु घराइब जेल इराकीहरूका लागि अमेरिकी सेनाको हिरासत केन्द्र थियो। सन् २००४ मा जेलमा अमेरिकी सेना द्वारा इराकी कैदीहरुलाई यातना दिइएका दर्दनाक तस्वीरहरु सार्वजनिक भएका थिए । एघार अमेरिकी सैनिकहरू सम्बन्धित अपराधमा दोषी ठहरिएका थिए।

त्यस्तैप्रख्यात अल जजीरा पत्रकार अबु अक्लेह इजरायली सेनाको आक्रमणको क्रममा मारिएका थिए । अबु अक्लेहले इजरायली कब्जामा रहेका प्यालेस्टिनीहरूको पीडाको बारेमा समाचार संकलनमा दशकौं बिताएका थिए।

आठ प्रत्यक्षदर्शीको बयान, एक अडियो फोरेन्सिक विश्लेषक र एक विस्फोटक हतियार विशेषज्ञको बयान अनुशार उनले हत्याको समयमा प्रेस चिन्ह भएको निलो सुरक्षात्मक भेष्ट र हेलमेट लगाएका थिए । इजरायली सेनाको लक्षित आक्रमणमा उनी मारिएका थिए।

प्यालेस्टिनी अधिकारीहरू र अबु अक्लेहको परिवारका सदस्यहरूले अमेरिकी अनुसन्धानको आलोचना गरेका छन् र अमेरिकालाई इजरायललाई हत्याको लागि जवाफदेही बनाउन थप पहल गर्न आग्रह गरिरहेका छन्।

राजकुमार सलमानसँगको भेटको सुरुमा खशोग्गीको हत्या प्रसंग उठाएको बाइडेनले बताएका छन् । आफूले त्यसबेला के सोचेको र अहिले के सोच्ने भन्नेबारे प्रष्ट पारेको समेत बाइडेनको भनाई छ । यसबारे आफूले सिधासिधा छलफल गरेको उनले बताए ।

तर ऊर्जा सुरक्षा, क्षेत्रीय स्थायित्व, व्यापार र लगानीका विषयमा व्यापक वार्ता गर्दा मानवअधिकारको बहस भने कमजोर भएको देखिन्छ । इरानको आणविक महत्वाकांक्षा र यमनको युद्ध पनि छलफलको मुख्य भाग भएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com