कसैलाई परेन मेगा मिलियन ज्याकपट, पुग्यो ५३० मिलियन, मंगलबार खोलिने


प्रकाशित मिति : असार ३२, २०७९ शनिबार

शुक्रबार कसैलाई पनि नपरेपछि अमेरिकामा मेगा मिलियन लोटरी ५३० मिलियन डलर पुगेको छ । अब अर्को लोटरी जुलाई १९ मंगलबार खोलिने भएको छ ।

२० बर्षको इतिहासमा मेगा मिलियन ज्याकपट ८ औं सबैभन्दा ठूलो राशीको भएको छ । शुक्रबार एकजना क्यालिफोर्निया निवासीले सुरुका ५ वटा नम्बर मिलाएर भने १ मिलियन डलरको म्याच फाइभ जितेका छन् । मंगलबार यदि कसैले जितेमा र नगद एकैपटक लिन चाहेमा ३०४ मिलियन डलर लिन सक्नेछन् ।

गत अप्रिल १५ मा एकजना विजेताले २० मिलियनको ज्याकपट जितेपछि त्यसपछि कसैले पनि ज्याकपट जितेको छैन । त्यो अगाडि मिनिसोटा निवासीले अप्रिल १२ मा ११० मिलियनको, न्युयोर्क निवासीले मार्च ८ मा १२८ मिलियनको र क्यालिफोर्निया निवासीले जनवरी २८ मा ४२६ मिलियनको ज्याकपट जितेका थिए ।

मेगा मिलियन ज्याकपट जित्ने सम्भावना झण्डै ३०२ मिलियन टिकटहरुमा एउटालाईमात्र हुन्छ । तर टिकटै नकिनेसम्म भने जित्ने सम्भावना हुँदैन ।

मेगा मिलियनको सबैभन्दा ठूलो ज्याकपट सन् २०१८ को अक्टोबर २३ मा १ दशमलव ५ बिलियन पुगेको थियो, जुन साउथ क्यारोलाइनाका व्यक्तिले जितेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com