मेगा मिलियन ज्याकपट पुग्यो ४८० मिलियन, आज खोलिदै


प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार

अमेरिकामा मेगा मिलियन लोटरी ४८० मिलियन डलर पुगेको छ । गत मंगलबार कसैले पनि नजितेपछि रकम बढेर ४८० मिलियन डलर पुगेको हो ।

अर्को लोटरी आज शुक्रबार राती ११ बजे खोलिने भएको छ । २० बर्षको इतिहासमा मेगा मिलियन ज्याकपट १० औं सबैभन्दा ठूलो राशीको भएको छ ।

गत अप्रिल १५ मा एकजना विजेताले २० मिलियनको ज्याकपट जितेपछि त्यसपछि कसैले पनि ज्याकपट जितेको छैन । त्यो अगाडि मिनिसोटा निवासीले अप्रिल १२ मा ११० मिलियनको, न्युयोर्क निवासीले मार्च ८ मा १२८ मिलियनको र क्यालिफोर्निया निवासीले जनवरी २८ मा ४२६ मिलियनको ज्याकपट जितेका थिए ।

मेगा मिलियन ज्याकपट जित्ने सम्भावना झण्डै ३०२ मिलियन टिकटहरुमा एउटालाईमात्र हुन्छ । तर टिकटै नकिनेसम्म भने जित्ने सम्भावना हुँदैन ।

मेगा मिलियनको सबैभन्दा ठूलो ज्याकपट सन् २०१८ को अक्टोबर २३ मा १ दशमलव ५ बिलियन पुगेको थियो, जुन साउथ क्यारोलाइनाका व्यक्तिले जितेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com