पत्रकार खशोग्गीको हत्याका आरोपीसँग मुठ्ठी ठोक्काएर बाइडेनले सुरु गरे साउदी भ्रमण


प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो भ्रमणको क्रममा सुरुवातमै पत्रकार जमाल खशोग्गीको हत्या आरोपी  साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मुट्ठी टक्कर दिएर अभिवादन गरेका छन् । साउदी राजकुमार मोहम्मद बिन सलमानले पत्रकार जमाल खशोग्गीको हत्याको आदेश दिएको अमेरिकी गुप्तचर अधिकारीहरूले निष्कर्ष निकालेका थिए ।

बिहीबार इजरायलमा एक पत्रकार सम्मेलनको क्रममा बाइडेनले आफ्नो विवादास्पद साउदी अरेबिया भ्रमणको बचाउ गरेका थिए । उनले यो भ्रमणलाई मध्य पूर्वमा अमेरिकी प्रभावलाई पुन स्थापित गर्ने प्रयासको हिस्सा भएको बताएका थिए ।

पत्रकार जमाल खशोग्गीको मृत्युमा साउदी अरेबियालाई एक्ल्याउने बनाउने वाचा गरेको तीन वर्ष नहुँदै राष्ट्रपति जो बाइडेन साउदी नेतृत्वसँग भेट्न शुक्रबार त्यहाँ पुगेका हुन् । खशोग्गीको हत्याको आदेशमा आरोपित आरोपित व्यक्तिसँग मुट्ठी ठोक्काएर बाइडेनले सुरुवात गरेको यो भ्रमणको आलोचना समेत भइरहेको छ ।

मध्यपूर्व भ्रमणका क्रममा बाइडेन

बाइडेन शुक्रबार जेद्दा पुगेर साउदी राजा सलमानसँग औपचारिक बैठकमा भाग लिएका छन् । तर राजाको बिग्रँदै गएको स्वास्थ्यलाई ध्यानमा राख्दै कार्य सत्र भने त्यहाँका वास्तविक शासक मोहम्मद बिन सलमानले सञ्चालन गरेका थिए। ह्वाइट हाउसले बिहीबार राति तालिका प्रकाशित नगर्दासम्म मोहम्मद बिन सलमानलाई प्रत्यक्ष भेट्ने स्वीकार गरेको थिएन ।

गतमहिना पत्रकारहरुसँग कुराकानी गर्दै बाइडेनले आफूले मोहम्मद बिन सलमानलाई नभेट्ने बताएका थिए । आफू अन्तर्राष्ट्रिय बैठकमा जाने र मोहम्मद बिन सलमान त्यसको हिस्सा भएपनि प्रत्यक्ष भने नभेट्ने बाइडेनले बताएका थिए ।

यो भेटघाटपछि बाइडेनको आफ्नै पार्टीका सदस्यहरूबाट ठूलो आलोचना हुने ह्वाइट हाउसका अधिकारीहरूले स्वीकार गरेका छन् । तर यो सबैभन्दा व्यावहारिक विकल्प भएको ठहर गर्दै ह्वाइटहाउसले अगाडि बढ्ने निर्णय गरेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com