अमेजनले थप चार हजारभन्दा बढीलाई रोजगारी दिने


प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ । अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत यो राष्ट्रको १० ठूला निजी क्षेत्रका रोजगारदातामध्ये एक बन्नेछ ।

कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समय अनलाइन किनमेलमा फस्टाइरहेको अमेरिकी ई–कमर्स कम्पनीले बताएअनुसार पछिल्लो विस्तारले आफ्नो स्थायी जनशक्तिलाई ७५ हजारमा पु¥्याउनेछ ।

यो नयाँ योजना बेलायतभरिका लागि लागूहुने छ । यस कम्पनीले उत्तरी इङ्गल्यान्डको गोन्स्ली र वेकफिल्डमा दुई नयाँ जनशक्ति भर्ति केन्द्रहरू खोल्ने तय गरेको छ ।

यो काम सफ्टवेयर विकास, उत्पादन व्यवस्थापन र इन्जिनियरिङमा संस्थागत तथा प्रविधि कार्यहरूमा पनि हुनेछ । बेलायतमा तीन वर्षमा यो योजनासहित४० हजार नयाँ रोजगारीको सिजना गर्ने अमेजनले बताएको छ ।

अमेजन बेलायतका कन्ट्री म्यानेजर जोन बोम्फ्रिजले भन्नुभयो, “स्वान्सीका सिकारुदेखि एडिनबर्गका डेटा वैज्ञानिकहरूसम्म गरी हामी लेवीमा लगानी जारी राख्दैछौं । यो घोषणा यस महिनाको अन्तमा अमेजनको दोस्रो त्रैमासिक आयभन्दा अगाडि आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com