डोनाल्ड ट्रम्पकी प्रथम पत्नी इभानाको निधन, डोनाल्ड ट्रम्पबाट श्रद्धाञ्जली व्यक्त


प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रथम पत्नी इभाना ट्रम्पको ७३ बर्षको उमेरमा निधन भएको छ । उच्च प्रोफाइलको विवाह सम्बन्धविच्देछमा टुंगिएको इभानाको निधन न्युयोर्कको म्यानहटनमा रहेको अपार्टमेन्टमा विहिबार दिउसो भएको हो ।

उनको मृत्यु हृदयघातबाट भएको जनाइएको छ । अपार्टमेन्टमा उनी भर्यांगको फेंदमा अचेत अवस्थामा फेला परेको जनाइएको छ । हृदयघातपछि उनी लडेका कारण मृत्यु भएको हो वा हृदयघात नै मृत्युको मुल कारण हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सन् १९८५ मा इभाना र डोनाल्ड ट्रम्प । साथमा तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र न्यान्सी रेगन ।

ट्रम्प परिवारले उनको मृत्युको पुष्टी गरेको छ । प्यारी आमा इभाना ट्रम्पको मृत्यु भएको भन्दै परिवारका तर्फबाट जारी वक्तव्यमा उनी साम्यवादबाट भागेर अमेरिकालाई अंगालेको स्मरण गरिएको छ ।

उनका ३ जना छोराछोरीहरु र १० जना नातिनातिनीहरु रहेका छन् । डोनाल्ड जुनियर, इभान्का र एरिका उनका छोराछोरीहरु हुन् । डोनाल्ड ट्रम्प र इभाना ट्रम्पबीच सन् १९७७ मा विवाह भएको हो । उनीहरुको डिभोर्स भने सन् १९९२ मा टुंगो लागेको थियो ।

डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत इभाना ट्रम्पको न्युयोर्कमा भएको निधनबारे जानकारी गराउँदा आफू अत्यन्तै दुखी भएको बताएका छन् । उनले ट्रुथ सोसलमा पोष्ट गर्दै इभाना अद्भुत, सुन्दर र राम्रो महिला भएको तथा उनले उत्कृष्ट जीवन विताएको बताएका छन् । उनले इभानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

इभाना ट्रम्पले डोनाल्ड ट्रम्पसँग विवाह गर्नु अगाडि पनि अर्कैैसँग विवाह गरेकी थिइन् । डोनाल्ड ट्रम्पसँग डिभोर्स पछि पनि २ पटक विवाह गरेकी थिइन् । डिभोर्सपछि उनले कपडा, गहना र सौन्दर्य सामाग्रीको आफ्नै व्यवसाय विकाश गरेकी थिइन् । उनले कैयन पुस्तकहरु समेत लेखेकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com