श्रीलंकाका राष्ट्रपति राजापाक्षेले माल्दिभ्स हुँदै सिंगापुर पुगेर पठाए राजीनामा


प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले सिंगापुर पुगेर राजीनामा दिएका छन् । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका हुन् ।

बीबीसीका अनुसार श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले त्यहीँबाट राजीनामा पठाएका हुन् ।यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएपनि उनी त्यसअघि नै देश छाडेर भागेका थिए ।

उनलाई नीति भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर पुगेको मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साउदी विमानमार्फत् उनी माल्दिभ्सबाट सिङ्गापुर गएको स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् । स्थानीय समयअनुसार बिहीबार बेलुका ७ बजेर १७ मिनेटमा उनी सिङ्गापुरको चाँगी विमानस्थलमा उत्रिएका हुन् ।

राजीनामा माग्दै प्रदर्शनकारी

राजापाक्ष शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
उनको गन्तव्य सिङ्गापुर नै हो वा फेरि अन्यत्र जाने भन्ने बारेमा पनि एकिन नभएको जनाइएको छ ।

आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बसेका राजापाक्ष बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए । त्यहाँ उहाँ एक दिन बसेर उनी सिङ्गापुर गएका हुन् ।

गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री विक्रमासिंघेले सेना र प्रहरीलाई देशको सुरक्षा स्थिति सम्हाल्न निर्देशन दिएका छन् । देशका आर्थिक संकट बढेपछि प्रदर्शनमा उत्रिएका नागिरकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जामा लिईसकेका छन् ।

सभामुख महिन्दा यापा अबेवार्डेनाले आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com