श्रीलंका : तोकेको समय सीमा सकियो, गोटाबायाले दिएनन् राजीनामा


प्रकाशित मिति : असार २९, २०७९ बुधबार

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन् । उनले जुलाई १३ तारिख बुधबार राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए । गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् ।

कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अवस्थालाई सम्हाल्न सेना र प्रहरीलाई निर्देशन दिएका छन् । बुधबार राति टेलिभिजन सम्बोधन गर्दै उनले प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालय र राष्ट्रपति भवन छाड्न अपिल गरेका हुन् ।

विक्रमासिंघेले भने, ‘हामी संविधानको अवहेलना गर्न सक्दैनौं। हामी फासीवादीहरूलाई देश दिन सक्दैनौं। हामीले लोकतन्त्रमाथिको यो फासीवादी खतरालाई अन्त्य गर्नुपर्छ।’

प्रदर्शनकारीले बुधबार प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका थिए । यसअघि उनले राष्ट्रपति भवन पनि कब्जा गरेका थिए । गोताबाया राजापाक्षेले बुधबार देश छोडेको खबर आएपछि कोलम्बोमा प्रदर्शनकारीहरू आक्रोशित बनेका छन्। प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

विक्रमासिंघेको नियुक्तिमा विपक्षको प्रश्न

विपक्षी दलका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सजित प्रेमदासले विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्तिलाई प्रहसनको संज्ञा दिएका छन् ।

उनले पहिले एक सिटका सांसदलाई देशको प्रधानमन्त्री बनाएर अहिले सोही व्यक्तिलाई कार्यवाहक राष्ट्रपति बनाइएको बताए । सजिथ प्रेमदासाले यो लोकतन्त्रको राजपाक्षे शैली भएको बताए । यो कस्तो ठूलो विडम्बना हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com