श्रीलंकाका राष्ट्रपतिले देश छाडेपछि अवस्था तनावपूर्ण, संकटकालको घोषणा


प्रकाशित मिति : असार २९, २०७९ बुधबार

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ ।

सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् ।

श्रीलंकाका राष्ट्रपतिले देश छाडेपछि सडकमा हंगामा

राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपनि श्रीलंकाको अवस्था तनावपूर्ण रहेको छ । हजारौं प्रदर्शनकारीहरू अहिले कोलम्बोको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयतिर र्‍याली गरिरहेका छन्।

यो क्षेत्र मुख्य प्रदर्शन केन्द्र गाले फेस ग्रीनबाट लगभग २० मिनेट छ। राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका थिए । तर, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि सर्वदलीय सरकार गठनपछि राजीनामा दिने बताएका छन् । तर प्रदर्शनकारीहरू रनिल विक्रमासिङ्घेलाई तत्काल राजीनामा दिन भनेका छन् ।  किनभने राजापाक्षेले देश छोडेपछि श्रीलंकाको संविधानअनुसार रानिल विक्रमासिङ्घे स्वतः ३० दिनका लागि कार्यवाहक राष्ट्रपति बन्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com