नासाको १० बिलियनको टेलिस्कोपबाट खिचिएका विश्वलाई रोमाञ्चित बनाउने ५ तस्वीर


प्रकाशित मिति : असार २८, २०७९ मंगलबार

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएका ब्रम्हाण्डका थप रोचक तस्वीरहरु सार्वजनिक गरेको छ । सोमबार पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको नासाले मंगलबार थप रोचक तस्वीरहरु सार्वजनिक गरेको छ ।

कस्मिक क्लिफहरूमा धुलो र ग्यासको पर्दा पछाडि पहिले साना ताराहरु लुकेको अवस्थामा रहेका थिए । तर अब वेब टेलिस्कोपबाट लिइएको तस्वीरमा ती साना ताराहरु पनि देखिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै अर्को तस्वीरमा ५ वटा ग्यालेक्सीहरू देख्न सकिन्छ । बायाँतिरको ग्यालेक्सी वास्तवमा पृथ्वीसँग बाँकी समूहको तुलनामा धेरै नजिक छ । यी टकराउने आकाशगंगाहरू गुरुत्वाकर्षण नृत्यमा एकअर्कालाई तानिरहेका  छन्। वेब टेलिस्कोपले तारा निर्माणबारे मानव ज्ञानमा क्रान्तिकारी परिवर्तन गर्ने नासाको भनाई छ ।

यो तस्वीरलाई वेब टेलिस्कोपको अहिलेसम्मको सबैभन्दा रंगीन ठूलो तस्वीर बताइएको छ । जसले चन्द्रमाको व्यासको ५ भागको एकभाग आकाशको क्षेत्र कभर गर्दछ। यो तस्वीरमा १५० मिलियन भन्दा धेरै पिक्सल रहेको छ भने झण्डै एकहजार तस्वीर फाइलहरूबाट यो निर्माण गरिएको छ।

त्यस्तै ताराका दुईवटा रोचक तस्वीर पनि सार्वजनिक गरिएको छ । जसमा एउटा अक्षमा सानो, चम्किलो ताराको साथमा अर्को ग्यास र धुलो निकाल्ने मधुरो र निभ्दै गरेको तारा रहेको छ । वेव टेलिस्कोपले पहिलो पटक निभ्दै गरेको तारा धुलोमा लपेटिएको खुलासा गरेको छ।

एउता टस्वीरमा नेबुलालाई नजिकको इन्फ्रारेडमा देखाइएको छ भने अर्को तस्वीरमा उही नेबुलालाई मध्य इन्फ्रारेडमा देखाइएको छ । चम्किलो धुलोले तस्वीरलाई अझ रोचक देखाएको छ । नयाँ तस्वीरहरुले ताराहरू कसरी विकसित हुन्छन् र तिनीहरूको वातावरणलाई प्रभाव पार्छन् भन्ने पूरानो बुझाइलाई परिवर्तन गर्नेछ।

सोमबार राष्ट्रपति जो बाइडेनले वेब टेलिस्कोपबाट तयार पारिएको आकाशगंगाका प्रकाशहरुलाई समेटिएको पहिलो रोचक तस्वीर सार्वजनिक गरेका थिए । उक्त तस्वीरले आकाशगंगाका समूह देखाएको छ । टाढाका बस्तुलाई समेत ठूलो आकारमा देखाउने टेलिस्कोपबाट खिचिएको यो तस्वीर ब्रह्माण्डको सबैभन्दा उच्च रिजोल्युसनको तस्वीर हो ।

सबै: तस्वीर नासा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com