नासाबाट १० बिलियनको जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको पहिलो तस्वीर सार्वजनिक


प्रकाशित मिति : असार २७, २०७९ सोमबार

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । आकाशगंगाका प्रकाशहरुलाई समेटिएको यो तस्वीर निकै रोचक देखिन्छ ।

राष्ट्रपति जो बाइडेन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसको समारोहमा सोमबार उक्त तस्वीर सार्वजनिक गरेका हुन् । यो तस्वीरले आकाशगंगाका समूह देखाएको छ । टाढाका बस्तुलाई समेत ठूलो आकारमा देखाउने टेलिस्कोपबाट खिचिएको यो तस्वीर पहिलो भएको र आफूहरु अझै अगाडि जाने नासाका अधिकारीले बताए ।

नासाका प्रशासक बिल नेल्सनले ह्वाइट हाउसको कार्यक्रममा भने हामी १३ अर्ब वर्षभन्दा बढी पछाडि हेरिरहेका छौं। प्रकाशले प्रति सेकेन्ड १ लाख ८६ हजार माइलको गतिमा यात्रा गर्छ, र त्यो प्रकाश जुन तपाईंले ती साना कणहरू मध्ये एउटाबाट देख्नुभएको छ, त्यसले १३ बिलियन बर्षभन्दा बढीको यात्रा गरिरहेको छ।

राष्ट्रपति बाइडेनबाट सार्वजनिक गरिएको यो तस्वीर ब्रह्माण्डको सबैभन्दा उच्च रिजोल्युसनको तस्वीर हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com