तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चीनको कडा चेतावनी


प्रकाशित मिति : असार २३, २०७९ बिहीबार

चीनले तिब्बतको कुनै पनि मामिलामा नबोल्न भारतलाई चेतावनी दिएको छ । तिब्बतका धर्म गुरु दलाई लामाको जन्मदिनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएपछि चीनले धर्मगुरुलाई उचालेर चीनको आन्तरिक मामिलामा नजर नलगाउन चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनमा तिब्बतको बारेमा बोल्दा भारतले चीनको आन्तरिक मामिला र चीनसँग भएका सम्झौताको स्मरण गर्नुपर्ने बताउनु भएको भारतीय एनडीटीभीले जनाएको छ ।

निर्वासनमा रहेका चीन विरोधी एक धार्मिक र विवादित व्यक्तिलाई भारत र अमेरिकाले उचालेर विवाद बढाउने काम नगर्न चीनले भारत र अमेरिकालाई चेतावनी दिएको खबरमा उल्लेख छ । यसैबीच इन्डोनेसियामा चलिरहेको जी–२० देशहरुको शिखर सम्मेलनको क्रममा भारतीय विदेशमन्त्री एस जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यी ले झन्डै एक घण्टा वार्ता गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतीय विदेशमन्त्री जयशङ्करले पूर्वी लद्दाखको वास्तविक सीमा रेखा अर्थात एलएसीमा देखिएको विवाद शीघ्र समाधानका लागि आग्रह गर्नुभएको छ । विवाद समाधान गर्दा द्धिपक्षीय सम्बन्ध, परस्पर सम्मान र संवेदनशीलतालाई ख्याल गर्नुपर्ने जयशङ्करको भनाइ छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वार्तामा सीमा विवाद समाधानको विषयमा महत्त्वपूर्ण कुराकानी भएको बताउनुभएको छ । भारतीय विदेश मन्त्रालयले पनि सीमामा देखिएका विवाद समाधान गरेर दुई छिमेकी देशबीचको सम्बन्ध थप बलियो बनाउनुपर्ने विषयमा समझदारी भएको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com