बेलायतका प्रधानमन्त्री जोनसनले पार्टीको प्रमुख पदबाट राजीनामा दिने


प्रकाशित मिति : असार २३, २०७९ बिहीबार

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन् । पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा छन्।

आगामी दिनमा कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र आगामी अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिने छ । यसैबीच, बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा निरन्तरता पाउनेछन्। तर, मन्त्रीहरुले राजीनामा दिएपछि बोरिस जोनसनले आफ्नो पदमा निरन्तरता दिने दाबी गरेका छन् ।

बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै बेलायतमा मन्त्रीहरुको राजीनामा सुरु भएको छ । उनीहरु दुवैले प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वमा अब विश्वास नगरेको भन्दै राजीनामा दिएका थिए ।

ऋषि सुनकले सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने जनताको अपेक्षा रहेको बताए । अर्कोतर्फ साजिद जाविदले राजीनामामा सरकारले राष्ट्रहितमा काम नगरेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सांसद क्रिस पिन्चरलाई डेपुटी चीफ ह्विप बनाएपछि यो सम्पूर्ण मुद्दा सुरु भएको हो । प्रधानमन्त्री बोरिस जोनसनले पनि सांसद क्रिस पिन्चरलाई आधिकारिक जिम्मेवारी दिएकोमा माफी मागेका छन् । तर, मन्त्री र सांसदले भने यो कुरा मानेनन् । बोरिस जोनसनले यस वर्षको सुरुमा पिन्चरलाई उपप्रमुख सचेतकको रूपमा नियुक्त गरेर ठूलो गल्ती गरेको स्वीकार गरे।

बोरिस जोनसनलाई पिन्चर विरुद्धको आरोपबारे थाहा थियो तर पनि उनले उनलाई नियुक्त गरेका थिए। जोनसनले बीबीसीलाई दिएको अन्तर्वार्तामा गल्ती भएको बताएका छन् । जोनसनले आफ्नो निर्णयबाट प्रभावित हुनेहरुसँग माफी मागेको बताएका छन् । विपक्षीसँगै उनका आफ्नै सांसदले पनि बोरिस जोनसनको यो निर्णयको आलोचना गरिरहेका छन् ।

क्रिस पिन्चरलाई यौन दुर्व्यवहारको आरोपमा गत हप्ता कन्जरभेटिभ पार्टीका सांसदबाट निलम्बन गरिएको थियो। यद्यपि, पिन्चरले यौन दुर्व्यवहारको आरोप अस्वीकार गर्दै आएका छन्।

यी आरोपहरूबारे उनलाई सम्पर्क गरेको थियो तर उनले कुनै प्रतिक्रिया दिएनन्। पिन्चर बोरिस जोनसन द्वारा नियुक्त गरिएको थियो र आरोपहरु बारे सचेत थियो। यो नियुक्तिलाई विपक्षीहरुले आलोचना गर्नुका साथै बोरिस जोन्सनको सांसदहरुले पनि आलोचना गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com