कालिमाताले चुरोट सेवन गरेको बृत्तचित्रको पोष्टरकाबारे क्यानडाको संग्रहालयले माग्यो माफी


प्रकाशित मिति : असार २२, २०७९ बुधबार

हिन्दू देवता कालिमाताले चुरोट सेवन गरेको बृत्तचित्रको पोष्टरका कारण समस्यामा परेको टोरन्टोस्थित आगा खान संग्रहालयले हिन्दू र अन्य धर्मका सदस्यहरूलाई अनजानमा अपमान गरेकोमा माफी मागेको छ ।

टोरन्टो मेट्रोपोलिटन युनिभर्सिटीले ‘अण्डर द टेन्ट’ परियोजनाका १८ वटा भिडियोहरु ल्याएकोमा एउटा भिडियोको पोष्टरमा कालिमाताले चुरोट सेवन गरेको देखाइएको छ । टोरन्टो मेट्रोपोलिटन युनिभर्सिटीको परियोजना आगा खान संग्रहालयमा आयोजना गरिएको थियो।

चलचित्र निर्माता लीना मणिमेकलाईको वृत्तचित्र ‘काली’ को पोस्टरमा माता कालीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

क्यानडामा रहेको भारतीय दूतावासले सोमबार क्यानाडाली अधिकारीहरूलाई आगा खान संग्रहालय, टोरन्टोमा अण्डर द टेन्ट परियोजनाको रूपमा देखाइएको हिन्दू देवताहरूको अपमानजनक चित्रण फिर्ता लिन आग्रह गरेको थियो ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पु¥याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न माग गरिएको छ । यो पोस्टरमा एक हातमा माता कालीले चुरोट पिउदै गरेको र अर्को हातमा लैंगिक अल्पसंख्यकलाई प्रतिनिधित्व गर्ने झण्डा देखाइएको छ।

तमिलनाडुमा जन्मिएकी र अहिले अध्ययनका क्रममा क्यानडामा रहेकी फिल्म निर्माता एवं कवि मणिमेकका अनुसार यो फिल्म ‘परफर्मेन्स डकुमेन्ट्री’ हो । उनले फिल्ममा देखाइएको कालीको रुपलाई ‘मानवताको स्वरुप र विविधताको सम्मान गर्ने’ किसिमको बनाइएको दाबी गरेकी छन् ।

फिल्ममा कालीले एउटी युवतीको आत्मालाई रोजेर एक हातमा प्राइड फ्ल्याग र अर्को हातमा क्यामोरा बोकेर विभिन्न व्यक्तिहरुलाई भेटेको देखाइएको उनको भनाई छ । क्यानडाजस्तो सानो दुनियामा बस्दै आएका यहूदी‚ ईसाई‚ मुस्लिम धर्मावलम्बीहरूसँग समेत भेटेको देखाइएको जनाइएको छ ।

यसअघि सन् २००७ मा उनको डकुमेन्ट्री फिल्म ‘गडडेस’लाई मुम्बई र म्युनिख फिल्म फेस्टिबलमा देखाइएको थियो । यसपछि सन् २०१९ मा उनको फिल्म ‘मादाती(एन अनफेयरी टेल’ मा एक दलित युवतीलाई देवीको रुपमा पूजा गरिएको दृश्य देखाइएको थियो ।

आफूले सार्वजनिक गरेको पोस्टरको दृश्यले देवी कालीको प्रेम(रुपलाई दर्साएको निर्देशक मणिमेकले दाबी गरेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com