अमेरिकाको सिकागोमा परेडमा गोली चलाउने २२ वर्षीय संदिग्ध पक्राउ, ६ जनाको मृत्यु, २४ घाइते


प्रकाशित मिति : असार २१, २०७९ मंगलबार

अमेरिकाको सिकागो नजिकैको हाइल्याण्ड पार्कमा अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा निकालिएको परेडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ ।

यस आक्रमणमा कम्तीमा २४ जना घाइते भएको बताइएको छ । हाईल्याण्ड पार्क प्रहरी प्रमुखले आक्रमणमा संलग्न २२ वर्षीय संदिग्धलाई पक्राउ गरिएको जानकारी दिएका छन् । प्रहरीले एक राइफल समेत बरामद गरेको छ ।

राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका छन् । उनले आक्रमणपछि हाइल्याण्ड पार्कका जनतालाई सहयोग गर्न स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न आफू तयार रहेको बताए । राष्ट्रपति बिडेनले परेड शुटिङको घटनाबारे थाहा पाएर आफू स्तब्ध भएको बताए। उनले अमेरिकामा बन्दुक हिंसा विरुद्धको लडाई जारी राख्नेछन्।

अग्लो भवनको छतबाट परेडमा निस्किएका मानिसहरूमाथि गोली प्रहार गरेपछि साना केटाकेटी लिएर आएका सयौं मानिस डराएर यताउता दौडिन थालेको प्रहरीले जनाएको छ । आक्रमणपछि संदिग्ध केही घण्टासम्म फरार भएका थिए ।

हाइल्यान्ड पार्कका प्रहरी प्रमुख लु जोगम्यानले पक्राउ परेका २२ वर्षीय रोबर्ट इक्रिमोको रूपमा पहिचान भएको बताए। समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले आक्रमणकारीको पहिचान कसरी भयो भन्ने कुरा बताउन अस्वीकार गरेको छ।

राज्यका गभर्नर जे रोबर्ट प्रिट्जकरले भनेका छन्, गोलीबारी अमेरिकामा साप्ताहिक परम्परा भएको छ। परेड सुरु भएको १० मिनेटमै फायरिङ सुरु भएको थियो । अमेरिकामा गत महिना पनि टेक्सास, बफेलो सुपरमार्केटलगायत धेरै ठाउँमा गोली हानाहानको घटना भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com