अब पेट्रोल प्रतिलिटरको १ सय ८१ रुपैयाँ


प्रकाशित मिति : असार २०, २०७९ सोमबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलरमटितेलमा प्रतिलिटर ९र९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२र१ सय ७२ रुपैयाँ र हवाई इन्धन ९आन्तरिक० १ सय ९० रुपैयाँ पर्नेछ ।

 

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com