शिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्यो, ६ जनाको मृत्यु, २ दर्जन घाइते


प्रकाशित मिति : असार २०, २०७९ सोमबार

अमेरिकाको शिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । गोलीकाण्डमा २ दर्जनभन्दा धेरै घाइते भएका छन् ।

सोमबार हाइल्याण्ड पार्कमा फोर्थ जुलाईको परेड सुरु भएको १० मिनेटपछि बन्दुकधारीले नजिकैको घरको छानोबाट गोली चलाउन सुरु गरेको थियो । बन्दुकधारी अहिलेसम्म फरार रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नर्थशोर युनिभर्सिटी हेल्थ सिस्टमले गोली लागेका २६ जनालाई हाइल्याण्ड पार्क अस्पताल लगिएको र ५ जनालाई इभान्सटन अस्पताल लगिएको जनाएको छ । अस्पताल लगिएकामध्ये अधिकांश गोली लागेर र केही भागदौडमा घाइते भएका छन् ।

गोली चलाउने १८ देखि २० बर्षभित्रको टिसर्ट लगाएको श्वेत व्यक्ति रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट राइफल बरामद गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com