हिमाचलमा स्कुल बस दुर्घटना, १० भन्दा बढीको मृत्यु


प्रकाशित मिति : असार २०, २०७९ सोमबार

भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लामा एक निजी विद्यालयको बस खाडलमा खस्दा १० जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार यो घटना कुल्लुको निओली-शानशेर सडकमा रहेको साँज उपत्यकाको जङ्गल क्षेत्रमा बिहान ८ बजे भएको हो। घटनास्थलमा उद्धार कार्य जारी छ ।
यो विद्यालय कुल्लुबाट सेंज जाँदै थियो। यसमा विद्यालयका बालबालिका र अन्य यात्रुहरू पनि हुन सक्छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com