लिवियाको संसद भवनमा तोडफोड र आगजनी


प्रकाशित मिति : असार १८, २०७९ शनिबार

लिबियाको संसद भवनमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । राजनीतिक गतिरोध र जिविकोपार्जनको मुद्धालाई लिएर आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुले संसद भवनमा आक्रमण गरेका हुन् ।

लिवियाली सञ्चारमाध्यामहरुलाई उदृत गर्दै अलजजिराले जनाएअनुसर पूर्वी शहर तोब्रुकमा रहेको संसद भवनमा शुक्रबार प्रदर्शनकारीहरुले प्रवेश गरेर तोडफोड र आगजनी गरेका छन् ।

स्थानीय टेलिभिजनहरुले संसद भवनबाट कालो धुँवा उडिरहेका दृष्यहरु प्रसारण गरेका छन् भने केही अन्तर्राष्ट्रिय टेलिभिजनहरुले संसद भवनको केही भाग जलेको समाचार प्रसारण गरेका छन् ।

यसअघि शुक्रबार अन्य शहरहरूमा पनि प्रदर्शनहरू भएका थिए । प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले संसद विघटन र नयाँ चुनावको माग गरिरहेका छन्।

लिबियाले पछिल्ला महिनादेखि विद्युत कटौती मार खेपिरहेको छ भने तेलमा भएको नाकावन्दीले राजनीतिक अस्थिरता निम्तिँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com