न्यायपालिकामा विसंगति छन्, शुद्धीकरण गरेर लैजान सक्छौँ : कामु प्रधानन्यायाधीश कार्की


प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भनेर हुने चर्चा गलत भएको बताएका छन् । उनले न्यायपालिकामा देखिएका समस्याहरूको निदानका लागि सबैले पहल गरेर न्यायलयलाई शुद्धीकरण गरेर अघि बढ्न सकिने अवस्थामै रहेको बताए ।

नेपाल ल क्याम्पसको स्थापना दिवस समारोहमा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायलय सुधारका लागि कानुनका विद्यार्थीहरूलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनुपर्ने बताए ।‘न्यायपालिकामा समस्या छ, अब न्यायालयले कामै गर्न सक्दैन भन्ने कुरा आइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन ।

न्यायालय कामै गर्न नसक्ने अवस्थामा पुगेको भन्ने होइन, उनले भने, ‘न्यायपालिकामा पक्कै पनि विसंगतिहरू छन्, तर हामी त्यसलाई सच्याएर अघि बढ्न तयार हुनुपर्दछ । हामी सबैको होस्टेमा हैसे भएमा हामीले न्यायालयलाई शुद्धीकरण गरेर लैजान सक्छौँ ।’उनले काुननको प्राध्यापनका लागि अलग्गै विश्वविद्यालय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘न्यायालय सुधारका लागि विश्वविद्यालयको पनि भूमिका हुन्छ । हामीले कानुनका विद्यार्थीलाई नैतिकताको विषयमा पनि अध्यापन गराउनु राम्रो हुन्छ । यस्तो विषयलाई पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ,’ उनले भने, ‘विकृति र विसंगतिको निदानका लागि हामी सबै एकताबद्ध भएर अघि बढ्यौ भने हामीले समाधान गर्न सक्छौँ । यसका लागि म सबैलाई आह्वान गर्दछु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com