अमेरिकामा सर्वोच्चको न्यायाधिसमा केतन्जी ब्राउनबाट सपथग्रहण, यो पदमा पहिलो अश्वेत महिला


प्रकाशित मिति : असार १६, २०७९ बिहीबार

अमेरिकाको सर्वोच्च अदालतका उदार न्यायाधिस स्टेफन ब्रेयर बिहिबार दिउसो सेवानिवृत्त भएका छन् भने उनको स्थानमा नयाँ इतिहास रच्दै केतन्जी ब्राउन ज्याक्सनले सपथ ग्रहण गरेकी छिन् । प्रधानन्यायाधिस जोन रोबर्टसले संवैधानिक सपथग्रहण गराएका छन् भने स्टेफन ब्रेयरले न्यायिक सपथग्रहण गराएका छन् ।

८३ बर्षका ब्रेयरले आफू सेवानिवृत्त भए लगत्तै न्यायाधिस ब्राउनलाई सपथग्रहण गराएका हुन् । ब्रेयरको कार्यकाल दिउसो १२ बजेबाट समाप्त भएको छ भने लगत्तै ५१ बर्षकी ब्राउनको कार्यकाल सुरु भएको छ । केतन्जी ब्राउन ज्याक्सनले अमेरिकी सर्वोच्च अदालतको १०४ औं न्यायाधिसका रुपमा सपथग्रहण गरेकी छिन् ।

ब्रेयरले तत्कालिन राष्ट्रपति बिल क्लीन्टनबाट नियुक्त भएपछि सन् १९९४ देखि सेवा गर्दै आएका थिए । सर्वोच्चका ९ जना न्यायाधिसमध्ये ३ जना उदार न्यायाधिसहरु रहेकामा ब्रेयर तीनमध्येका एक थिए । उनले गत जनवरीमा सेवानिवृत्त हुने बताएका थिए । लगत्तै राष्ट्रपति जो बाइडेनले उनको स्थानमा केतन्जी ब्राउनको नियुक्ती सिफारिस गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्राउन अमेरिकाको सर्वोच्च अदालतको न्यायाधिसमा नियुक्त हुने पहिलो अश्वेत महिला हुन् । उनको नियुक्ती गत अप्रिलमा सिनेटबाट ५३ मतका साथ सदर भएको थियो ।

सबै डेमोक्रेटिक सिनेटरहरु र तीनजना रिपब्लिकन सिनेटरहरुले केतन्जी ब्राउनको नियुक्तीका पक्षमा मतदान गरेका थिए । रिपब्लिकन सिनेटरहरु सुसन कोलिन्ज, मिट रोम्नी र लिसा मुर्कोस्कीले नियुक्तीका पक्षमा मतदान गरेका थिए ।

केतन्जी ब्राउन अमेरिकाको सर्वोच्च अदालतको २३३ बर्ष लामो इतिहासमा न्यायाधिस पदमा पुग्ने तेश्रो अफ्रिकन अमेरिकन भएकी छिन् भने पहिलो अश्वेत महिला भएकी छिन् । बाइडेनले गतबर्ष उनलाई वासिंटन डिसीमा रहेको पुनरावेदन अदालतमा पदोन्नती गर्नु अगाडि उनले झण्डै ८ बर्ष वासिंटनकै अदालतमा ८ बर्ष न्यायाधिसका रुपमा काम गरेकी थिइन् ।

आजदेखि उनी सर्वोच्चमा उदारबादी न्यायाधिसका रुपमा अबका कैयन बर्ष रहनेछिन् । ज्याक्सनको नियुक्ती सर्वोच्चमा रहेको अहिलेको समिकरणमा भने फेरवदल भएको छैन । अहिले सर्वोच्चमा ६ जना रुढिवादी र ३ जना उदार न्यायाधिसहरु रहेका छन् । उदारवादी न्यायाधिस स्टेफन ब्रेयरकै स्थानमा उनलाई नियुक्त गरिएकाले पहिले कै समिकरण कायम रहेको छ ।

त्यस्तै उनको नियुक्तीपछि सर्वोच्चमा ५ जना पुरुष र ४ जना महिला न्यायाधिस भएका छन् । यो पनि अमेरिकी इतिहासमा नयाँ रेकर्ड हो । सन् २००९ मा अमेरिकाको सर्वोच्च अदालतमा ८ जना पुरुष र एकजनामात्र महिला न्यायाधिस रहेका थिए । अहिले केतन्जी ब्राउन, सोनिया सोटोमेयर, एलेना कागन र एमी कोने ब्यारेट सर्वोच्चका महिला न्यायाधिस हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com