बाल अस्पतालका कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते


प्रकाशित मिति : असार १६, २०७९ बिहीबार

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपाङ्ग बाल अस्पतालका कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

कार्यालयबाट घरतर्फ फर्केने क्रममा बा १ क ५७४७ नम्बरको बस अस्पताल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी एक महिलाको निधन भएको छ । घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपाङ्ग बाल अस्पतालमा नै उपचार भइरहेको छ ।

घाइतेको थप विवरण आउन बाँकी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com