विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि : विश्व स्वास्थ्य सङ्गठन


प्रकाशित मिति : असार १६, २०७९ बिहीबार

विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बुधबार जनाएको छ ।

कोरोना भाइरसले स्वरूप परिवर्तन गर्दै गएपनि महामारी भने अझै अन्य नभएको र धेरै देशमा अहिले पनि सङ्क्रमण देखिइरहेको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् ।

“महामारीको स्वरूप परिवर्तन भइरहेको छ, तर महामारी अन्त्य भएको छैन, नयाँ नयाँ स्वरूपमा आउने गरेकाले पूर्ण नियन्त्रण गर्न गाह्रो भएको छ,” डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले भन्नुभयो ।

विश्वभरीको तथ्याङ्क हेर्दा अहिले औसतमा २० प्रतिशत सङ्क्रमण बृद्धि भएको पनि उहाँले जानकारी दिनुभयो । डब्लुएचओले सबै देशलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन आग्रह गर्दै आएको र धेरै देशमा कम्तीमा ७० प्रतिशत जनताले खोप लगाएको पाइएको छ ।

पछिल्लो १८ महिनामा विश्वभरी १२ अर्ब खोप वितरण गरिएको पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । “विश्वका ५८ देशले मात्रै ७० प्रतिशतभन्दा बढीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइसकेका छन् । अन्य कतिपय देशले आर्थिक समस्याका कारण खोपको सङ्ख्या त्यो तहसम्म पु-याउन सकेका छैनन्,” उहाँले भन्नुभयो ।

न्युन आय भएका देशहरूलाई डब्लुएचओ लगायतका कतिपय सहयोगी संस्था तथा निकायको सहयोगमा केही खोप उपलब्ध गराइएको पनि उहाँले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com