‘दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’


प्रकाशित मिति : असार १५, २०७९ बुधबार

उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् ।

आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए । रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै उनले शीतयुद्धपछि नाटोले पूर्वी युरोपमा भारीमात्रामा सेना र हतियार परिचालन गर्नुपरेको उल्लेख गरे ।

ऊर्जा र अन्य आवश्यक स्रोत– साधनको लागत बढिरहेकाले नाटोका सहयोगीहरूले स्रोत व्यवस्थापनमा तनावका सङ्केत देखाएका छन् । यद्यपि उनीहरूले युक्रेनलाई अर्बौँको सैन्य एवम् नागरि सहायता उपलब्ध गराएका छन् । नाटोलाई सर्वाधिक सैन्यशक्ति प्रदान गर्ने देश अमेरिका हो । राष्ट्रपति जो बाइडेनले नाटो गठबन्धन विगतमा पनि एकजुट रहेको र भविष्यमा अझ सबल एवम् सुदृढ रहने बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नाटोमा स्रोत परिचालन एउटा संवेदनशील विषय बन्नसक्ने स्थिति छ । तीस सदस्यीय नाटोका नौ देशले प्रतिरक्षामा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत खर्च गर्ने सङ्गठनको लक्ष्य पूरा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले नाटोका सदस्य मुलुकलाई आगामी दशकमा प्रतिरोध एवम् प्रतिरक्षाका निम्ति स्रोतको सुनिश्चित गर्न गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

नाटो नेताहरूले पूर्वी युरोपमा गठबन्धन सेनालाई रूसविरूद्ध बलियो एकता निर्माण गर्नु म्याडरिड शिखर सम्मेलनको प्रमुख प्राथमिकता भएको बताएका थिए । उनीहरूले युरोपको सुरक्षालाई सुदृढ एवम् सबल तुल्याउनुपर्नेमा जोड दिँदै रूस युरोपका लागिमात्र नभई समग्र नेटाका निम्ति पनि चुनौती भएको बताए । युक्रेनलाई थप सहायता उपलब्ध गराउनेबमा केन्द्रित रहेर सम्मेलनमा छलफल हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com