Follow @khasokhasmag

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता


प्रकाशित मिति : असार १२, २०७९ आईतबार

 

एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।

च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरिएको टोली सोमबार विहान स्वदेश फर्किएको हो । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्ध भएपछि नेपाल एसिया कप महिला टी–२० क्रिकेट खेल्नबाट बन्चित भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रशिक्षक जगत टमाटाले लक्ष्यको मुखमै पुगेर बाहिरिनुपरेकोमा दुःख व्यक्त गरे । समग्रमा नेपालको प्रदर्शन राम्रो भए पनि वर्षाका कारण नेपाल अभागी सावित भएको टमाटाको भनाई छ । अबका दिनमा थप मिहिनेत गरेर टिमलाई बलियो बनाउने उनको प्रतिबद्धता छ ।

 

नेपाली टिमकी कप्तान रुविना क्षेत्रीले वर्षाका कारण युएइसँगको खेल रद्ध हुँदा धेरै घाटा लागेको बताइन् । युएइजस्तो बलियो टिमलाई ८० रनमै अलआउट गरेपछि खेल आफूहरुले जित्ने अपेक्षा गरेको तर वर्षाले खेल्न नपाएपछि बाहिरिनुपरेको क्षेत्रीले बताइन् ।

समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान भएकाले नेपाल फाइनल प्रवेश गरेको भए एसिया कपमा छनौट हुन्थ्यो । तर नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भएको हो ।।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com