थोमसको देशबाट संसारभर फैलिदै अर्जुन

प्रकाशित मिति : असार १४, २०७४ बुधबार

-मोहन राज बराल

टेलिफोन संवादमा करिब तीन दशक अधिको शुरूवाती समयमा फर्किए।उमेरले करिब पाँच दशक नजिक पुग्दै गर्दा उनिसँग जोश र जागर  दुई दशक वरिपरि रहेकायुवाहरूकै जस्तै देखिन्छ।लगातार आफ्नो एकोहोरो मिसनमा लागिरहदा पत्तो नपाई तीन दशक छिचली सके।यो यात्रा बगिरहेको नदि जस्तै रहयो कहिले नरोकिने ? प्रसिद्धसाहित्यकार रमेश विकलको मधु मालतीको कथामा वाल पात्रहरू शंकर र गौरीको प्रेममा तगारोको रूपमा वर्गीय विभेद, जातीय असमानता देखिदा उनिहरूमा उनिहरूको रोलमोडेल लोक कथाका पात्रहरू मधु र मालती झै बन्ने देखिएको प्रभाव जस्तै यिनीमा पनि आफ्नै रोल मोडेलको प्रभाव छ।मधु मालतीको कथामा शंकर र गौरी आफ्नो वास्तविकजीवनमा मधु र मालती  भए की भएनन ,प्रश्नहरु छाडदै कथामा वाल मस्तिष्कमा परेको प्रभावलाई जीवन्तरूपमा चित्रण गरिएको छ।तर यिनीको जीवनमा कथाले कथाकापात्रहरूलाई हैन कि कथाले यिनीको जिन्दगीलाई नै प्रभाव पारेकोछ।लाग्छ यि पनि आफ्नो रोल मोडेल झै मात्र बनेनन नेपाली डायस्पोराबाट फैलिए भूगोलका पर्खालहरुटोडेर।यहाँ चर्चा गर्न खोजिएका नायक हुन अर्जुन प्रसाद मैनाली।फेरी लाग्छ यि यस पृथ्वीमा आए रक्तदान गर्नकै लागी।

यसरी यिनीको जीवन सधैँका लागि बदलिदिने रोल मोडेल हुन जो थोमस।यि तत्कालीन अवस्थामा त्रिभुवन विश्वविघालयको प्रमाणपत्र तहको अंग्रेजी पाठ्यपुस्तक ‘दब्लड डोनर’ भन्ने पाठमा मुख्य नायक हुन।सन १९८५ ताका कलेजमा उनिले पढेको यो पाठका अमेरिकन रक्तदाता जो थोमसले रक्तदान गरेर धेरै बिरामीहरुलाई बचाएकोकथाबाट यि प्रभावित भए।कक्षामा गुरूबाट जो थोमसका बयान सुनिरहदा  उनिको आकृतिहरू मस्तिष्क घुमिरहे।

काभ्रेपलाञ्चोक जिल्ला, सिपाली चिलाउनेको कोर्थुम्कामा सन् १९६८ जुन २० तारिखमा जन्मेका यिनी जीन्दगीमा दु:खका पहाडहरू छिच्लदै अहिले अमेरीकाकोन्युयोर्कमा कर्म थलो बनाईरहेकाछन।तर तन र मन भने जन्म थलो र संकटको घडी जहाँ छ त्यहाँ छाडेका छन।

कुराकानी कै क्रममा सम्झे सन् १९८७ अगष्ट २० को दिन अर्थात यो यात्राको पहिलो दिन।घुम्दै काठमाण्डौको विशालबजार पुगेको थिए।त्यहाँ लायन्स क्लबको रक्तदानकार्यक्रम गरीरहेको दृश्यले पाठ्यपुस्तक को’द ब्लड डोनर’ भन्ने पाठलाई क्लिक गरिदियो।जो थोमसलाई सम्झे अनि शुरूवात भयो यिनीको रक्तदानको यात्रा।वास्तवमा मनमायिनीसँग अनेकन प्रश्नहरु थिए।त्यस बेला आफ्नो रगतको ग्रुप कुन हो थाहा थिएन? बास्तवमा रहरले शुरू गरेको यात्रा पछि नियमित नै भयो।यो यिनीको एउटा पहाड चढेबराबरैको यात्रा थियो नै ।त्यहाँ पुगेपछि देखे मानिसहरूमा रक्तदान सम्बन्धी चेतनाको स्तर ।बास्तवमा एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रैपहाडहरू बाँकी छन् ।

पैसा तिरेर पनि नपाईने र पसल पनि नबेचिने अनि बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्ने चिज रगतलाई आफुले पनि दिल खोलेर दान गर्ने र अरूलाई पनि दानगर्नकोलागी जनचेतना फैलाउन र दान दिनेहरूलाई प्रोत्साहन गर्न तर्फ लागे।यसरी सन् १९८८ फेब्रुअरी १९ मा दोश्रो पटक, सन् १९८८ जुलाई ३०मा तेश्रो पटक, सन् १९८८ अगस्ट२०मा चौथो पटक गर्दै सन् २०१३ आइपुग्दा उनले १ सय ८ पटक रक्तदान गरिसकेका छन् भने सन् २०१४ मा मात्र १९ पटकसम्म रक्तदान गरेको बताएँ।उनिले जुन २५, २०१६ माअफ्रिकाको देश मलावीका राष्ट्रपति पिटर मुथारिकाले आफ्ना जनतालाई गरेको अपील सुने। खान नपाएर भोकाएका जनतालाई मुसा र फट्यांग्रा खान आदेश दिएका थिएउनिले । देशमा व्याप्त खाद्य  संकट भएपछी आपतकालिन घोषणा गरिएको थियो । अझ देश भरिमा दुई तिहाइ बिरामीहरुलाई रगत उपलब्ध रहेनछ । यो थाहा पाएपछिउनिलाई असह्य र छटपटी भयो । विश्वको त्यो अनकन्टार ठाउँका आफ्नै रगत दिएर एक जना बिरामीलाई भए पनि बचाउने योजना बनाए ।न्युयोर्कबाट करिब २० घण्टा लामोदिक्क लाग्दो हवाइयात्रा गर्दै मलावी पुगे । भोलिपल्ट राजधानीको लिलोंगवे स्थित मलावी रक्त संचार सेवामा आफ्नो १५६ औं रक्तदान गरे ।

उनीहरुलाई समुदायमा सफल रक्तदान कार्यक्रम गराउदाको आफ्नो अनुभव सुनाएँ उनीहरुमा हौशला र रक्तदान जनचेतना गराउन एक हजार अमेरिकी डलर पनि सहयोग गरे ।त्यहाँको झन्डै ७ लाख ५० हजार जति हुँदो रहेछ  उनि भन्छन।

यस यात्रामा ७ फेब्रुअरी २०१७ सम्म १५८ पटक अफ्रिकी मुलुक हैटीमा रक्तदान गरेका यिनीले अमेरीका एक बर्ष सम्म दिन नपाउने बताए मलेरिया भएको देशबाट आउदा एकबर्ष सम्म दिन नपाउने नियम रैछ।आफ्नो यो प्यास मेटाउन  जन्मदिन गत जून २० तारिखका दिनमा क्यानाडामा रक्तदान गएर १५९ पटक सम्म रक्तदान गरे।यसो त यति धेरैपटकरगतदान गर्ने संभवत पहिलो नेपाली पनि यिनीनै हुन कि ?

वास्तवमा  रगत हाम्रो शरिरको लागि नभइ नहुने पदार्थ हो। कस्तो अच्चम रगत कुनै देश, जाति , राज्य र धर्मको छुट्टै नहुने।सबैको रगत रातो नै हुने एउटा नेपालीको हातकाटेपनि रातै रगत वग्छ।अमेरीकनको हात काट्दा पनि रातै रगत बग्छ।जो सुकैको हात काटेपनि रातै रगत वग्छ । रगतको रङमा मात्र हैन गूणमा पनि समानता पाइन्छ । एउटानेपालीको ज्यान अमेरिकनको रगतले बचाउन सक्ने।एउटा बाँहुनको ज्यान दलितको रगतले बचाउन सक्ने। अनि एउटा हिन्दुको ज्यान मुसलमानको रगतले बचाउन सक्ने।त्यसैले मानिसलाइ रगतको आवश्यकता पर्दा कुन जातिको हो, कुन वर्गको हो भनेर नहेरीने।सायद यहि भएर नै यि ५ महादेशका १० देश र अमेरिकाको १४ राज्यहरुमा उपस्थीत भएर स्वयं रक्तदान गर्दै स्थानीय समुदायलाई पनि हौशला र सहयोग गरिसकेकाछन।यिनीको भनाईलाई सापट लिदा यिनीले रक्तदान गरेको परिणाम अनुसार करिब४७४ जनाको ज्यान बचाउन सकिन्छ।

नेपालको विकट गाँउदेखि अफ्रिकाको संकटग्रस्त देशहरूसम्म आफ्नै खर्चमा यात्रा गरेका यिनीले आम जनमानसमा रक्तदान गर्न उत्प्रेरणा गराउन नेपालमा मेची महाकालीसाइकल यात्रा पनि गरे। सन् १९९० मे महिनामा सुरू गरिएको साइकल यात्रा पटकपटक गरेर सन् १९९१ फेब्रुअरीमा सकिएको थियो। अहिले अरूलाई उत्प्रेरणा जगाउन आफ्नोकारको दुवै पट्टि साइडमा ‘म प्रत्यक बर्ष तिनदेखि छ पटक सम्म रक्तदान गर्छु’ भनेर पनि लेखाएका छन।फेरी सामाजिक संजाल प्रयोगकर्ताहरूलाई जन्मदिनहरुमाशुभकामनाप्रदान गर्दै अर्कोबर्षको जन्मदिन चाहिं रक्तदान गरेर मनाउन अनुरोध गर्छन।

रक्तदान गर्ने र रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरूको सामुहिक प्रयासमा सन् १९८९मा ब्लड डोनर्स एसोसिएसन अफ नेपालनामले चिनिन्छ भने अमेरिकामा ‘ब्लड डोनर्स अफ अमेरिका’को स्थापना गरेर रगतदान गर्ने विश्वव्यापी अभियानमा जुटेकाछन।अहिले अभियानबाटै दशौँ हजार नयाँ रगत दाता थपिएका छन । यो नै यिनीको दृढ अभियान पनि हो।यसरी स्थानीय समुदायलाई हौशला र सहयोग गर्न पाउदा धेरैआनन्दित भएकाछन।नेपालीहरूले बसोबास गरिरहेका देश, शहरमा रक्तदान गरुन् । उहाँहरूको रगतले स्थानीय मानिसहरूलाई बचाउन सहयोग पुगोस् भन्ने ठुलो चाहना छ ।त्यसैले, आफ्नो नेटवर्कमार्फत संसारका नेपालीहरूलाई घचघचाउने गरेको छन ।

यसो त रक्तदानलाई सँस्कृति बनाएका यिनी रक्तदाता मात्र हैनन अरूलाई रक्तदान गर्न प्रेरणादिने महान मानिस पनि हुन।फेरि यि अरूलाई हौसला दिने मात्र हैनन परोपकारीमन भएका मानिस पनि हुन।यिनीले धेरै नै परोपकारी कार्यहरु गरिसकेकाछन।मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाई जीवन मान्ने उनिले समाजका लागी केही गरौ भन्नेहरूका लागी समर्पित गर्दै दि गिफ्ट अफ लाईफ आत्मवृतान्त प्रकाशित गरेकाछन्।  रक्तदान र यस्को महत्व ,रक्तदानतथा समाजसेवाका लागि वहाँवाट गरिएका प्रयासहरु  समेटिएको छ आत्मवृतान्तमा ।

आज उहाँहरूले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाँउन सक्छन। एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाँउन सक्छ र समाजलेअकालमै कोही सदस्य गुमाँउन नपर्ने वातावरण सृजना हुदैछ ।

रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन बरू एक हिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ।फेरी कसैको ज्यान जोगाउन डाक्टरनै हुनपर्दछ भन्ने पनि त छैन,रक्तदाताहरु वास्तवमै भगवान प्रतिरुपहरु हुन् । आज उनि जो बाट प्रभावित भएर यस क्षेत्रमा लागे।आज लाग्छ यि जो थोमस भन्दा पनि माथि पुगेर संसार तिर फैलिरहेका छनभने सामाजिक क्षेत्रमा पनि काम गरेका छन जन्म भूमिको लागी।कर्म भूमिका बसेर जन्म भूमिको दु:खको खबरले आँखा रसाउछन र कसरी सहयोग गर्ने भनेर लागी पर्छन।

संसार निकै स्वार्थी हुँदै जाँदै गर्दा अरुलाई बचाउनु पर्छ भनेर जीवनभरी मरिमेट्ने कम मान्छेहरुमा एक अर्जुन प्रसाद मैनालीलाई हाम्रो पनि सलुट।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com