Follow @khasokhasmag

डिजिटल मिडियाले बालबच्चालाई ड्रग्स खान सिकायो, यसमा अभिभावक सचेत छैनन् :  पूर्व डिआईजी अधिकारी


प्रकाशित मिति : असार १२, २०७९ आईतबार

नेपालमा मात्र हैन, विश्वमानै लागू औषधका प्रयोगकर्ता र करोवार गर्नेहरुमा यूवाहरु रहेका छन् । नेपालमा लागू औषधको करोवार रोक्न नेपाल प्रहरी लागिरहेको छ । नेपालमा लागूऔषध कारोवार गर्ने र प्रयोग गर्ने गरी ६ हजार जनाले जेल जिवन बिताईरहेका छन् । नेपालमा लागूऔषध प्रयोगकर्ता ८ प्रतिशत पुगेको तथ्यांक नेपाल प्रहरीसँग रहेको छ । यसलाई नियन्त्रण र नियामन गर्न के कस्ता पहलहरु भईरहेका छन् । पूर्व प्रहरी नायव महानिरिक्षक केशव अधिकारी भन्छन्, ‘हरियो डलर खाएका छन् ,डलरको सिरानी हालेर सुतेका छन् । एकछिन मण्डलामा आउने, नारा लगाउने, जुन संस्थाले डलर दियो त्यसलाई काम देखाउनका लागि फोटो खिच्यो सकियो ।’ आज अन्तरास्ट्रिय लागूपदार्थ तथा आवैध तस्करीबिरुद्धको दिवसका अवसरमा पूर्व प्रहरी नायव महानिरीक्षक केशव अधिकारीसँग गरिको कुराकानीको सम्पादित अंश :  

प्रहरी सेवामा २९ वर्ष दिनुभयो । यहाँलाई धेरै कुराको ज्ञान छ । हामीलाई भनि दिनुस् कि, लागू औषधको नियन्त्रणका लागि नेपाल प्रहरीले कस्ता चुनौतीहरुको सामना गर्नु परेको छ ?

नेपाल प्रहरीले कस्ता चुनौतीहरु सामना गर्नु पर्छ भन्ने हामी सबैलाई थाहा छ । लागू औषधको क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको कमि छ । अर्को कुरा उपलब्ध भएको जनशक्ति पनि निकै कम छ । सूचनाको पहुँच स्थापना गर्न पनि नेपाल प्रहरीलाई गाह्रो छ । त्यति हुँदाहुदैँ पनि नेपाल प्रहरीले अब्बल रिजल्टहरु दिएको छ । उदाहरणको रुपमाकेहीदिन अगाडी एयरपोर्टमा ५१ के.जिहेरोईन समातेको घटनाले पुष्टि गर्दछ ।

अर्को,कुरा ड्रग्स आउने देशहरुमा सुपुर्दगी सन्धि छैन् । सुपुर्दगी सन्धी हुन वित्तिकै अपराधिको बारेमा सूचना लिने, उनिहरुलाई समातेर त्यही देशमा बुझाउन सकिन्छ । सुपुुर्दगी ऐन हाम्रो देशहरुसँग नभएको कारणले ती देशहरुमो पहुँच पुग्न सकेको छैन्त्यसैकारण प्रभावकारी काम हुन सकेको छैन्। नेपालको सन्दर्भमा हेर्ने हो भने,बेला बेलामा विदेशबाट ड्रग्सआउने गरेको छ । त्यो सुचनाको आधारमा वा नेपालमा पक्राउ परेको व्यक्ति बाट अनुसन्धान गर्दा थप जुन सुचना आउँछ त्यसैको आधारमा नेपाल प्रहरीले कारवाही गरिरहेको छ ।

भदौ ५ मा र एक वर्षको बिचमा २ वटा ग्रुपलाई (साउथ अफ्रिका र ब्राजिललाई) नेपाल प्रहरीले सूचनाको आधारममा समात्यो त्यो सूचनाको क्राईम प्रोफाइललाई नेपाल प्रहरीले अनुसन्धान गरेर थप ५१ के.जि हिराईन बरामत गरेको हो । चाल्र्स शोभराजले भनेको सुन्नु भएको होला नि ? यो यथार्थ हो जस्तो लाग्छ । किनकी एरपोर्टको व्याबस्थापनकोे लापारवाहीका कारणले लागू पदार्थ ठमेलसम्म आइपुग्यो । नत कुनै अध्यायगमनसँग सूचना छ, नत सरकारी निकायको सूचना राम्रो छ । बिचमा एरपोर्टमा बायोमेट्रिक चेकजाँच आयो भन्ने पनि सुनियो तर त्यसले राम्रो रिजल्ट दियो जस्तो लाग्दैन । अर्को कुरा, नेपालमा आउने पर्यटकहरु के उदेश्यले आएका हुन ? कहिले आए ? कहाँ छन् ? के गरिरहेका छन् ? फर्के कि फर्केन्न भन्ने डाटा छैन ।

लागू औषध कारोवारमा अधिकांश विदेशी नागरिक पक्राउ परिरहेका छन् । त्योपनि एयरपोर्टभन्दा बाहिर, यहाँ कमजोरी कस्को ?

प्रहरी कमजोर भएको भए एयरपोर्टबाट निस्केको अपराधी गिरोहलाई ठमेलमा पक्राउन गर्ने थिएन । तालिवानी सरकारमा रहेका सबै ड्रग्स मफियाहरु हुन । यिनिहरुले सत्ता कब्जा गर्नु भन्दा पहिला ड्रग्सको कारोवार गरेर बसेका हुन । अफगानिस्तानमा अफिम र हेरोइन ८५ प्रतिशत उत्पादन हुन्छ, जो विश्वभरमा कारोवार हुने गरेको पाइन्छ । अहिलेको सरकारलाई धेरै राष्ट्रहरुले समर्थन गरेका छैनन् । उनीहरुले ड्रग्स बिक्रिको माध्यमबाट देश सञ्चाचलन गरेका छन् । अफगानिस्तानको कारण ड्रग्सको व्यापार एक वर्ष अगाडी भन्दा ३ गुणा बढेको छ । भारतकै कुरा गर्दा, त्यहाँ ड्रग्स आउँछ र ड्रग्स उत्पादन गर्ने २ वटा समूह छन् । गोल्डेन ट्रनगल र गोल्डेन क्रयासेन्ट यसमा सात देशहरु छन् । यी सात वटा देशहरुबाट झन् बढी व्यापार हुन्छ । अफगानिस्तानको ड्रग्समा हस्तक्षेप जमाउन र अफ्नो कारोबार बढाउन सात वटा देशहरु बिच हानथाप हुन्छ । बाहिरबाट आउँछ, नेपाल हुँदै भारत जान्छ किनभने नेपालमा यसको खपत धेरै कम छ ।
नेपालमा १ ग्रामको २० हजार भन्दाबढी पर्दैन । त्यसकारण भारतमा जान्छ । ३ वर्ष अगाडि भारतमा हेरोईन मात्र प्रयोग गर्ने युवाको संख्या करिब करिब ३ लाखको हाराहारिमा थियो । यो विचमा कति बढ्यो होला तपाई हामी अनुमान गर्न सक्छौं । यसको ठूलो मार्केट नै भारत हो । नेपाललाई ट्रन्जिट केन्द्र बनाएर जान्छन् । नेपाली ड्रग्स माफिया पनि यो गिरोहमा सहभागि छैनन् भनेर म भन्दिन किनभने नेपाली ड्रग्स माफियाको सहयोग बिना नेपाललाई ट्रन्जिट केन्द्र बनाउ कुनै पनि हालतमा सक्दैनन् । यो चुहावट रोकथाम गर्न नेपाल प्रहरीको क्षमताले भ्याएसम्म राम्रो योगदान दिईरहेको छ ।

ड्रग्सको लागि नेपाललाई किन ट्रन्जिट बनाउछन् ?

ड्रग्सको लागि नेपाललाई किन ट्रन्जिट बनाउछन् भने यही प्रहरीले पक्राउ गरिहाल्यो भनेपनि हाम्रो कानुन कमजोर छ । तर ड्रग्सको कार्यमा संलग्न हुने, उत्पादन गर्ने र बेचबिखन गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने देशहरु पनि छन्, तर हाम्रोमा बढीमा १५ वर्ष जेल सजाय हो । नेपालको कानुन हरेक अपराधलाई डिल गर्ने,सजाय गर्ने, अनुशन्धान गर्ने कुरामा असाध्यै कमजोर छ । १५ वर्ष सजाय पाएकाले त्यतिनै सजाय काट्दैन् ५० वा ६० प्रतिशत मात्र सजाय काट्छ ।

यस्ता अपराधमा मृत्युदण्डसम्मको सजाए गर्नुपर्छ भन्ने लागे पनि, संयुक्त रास्ट्रसंघको महासंधिमा हामीले नयाँ कानुन बनाउँदा मृत्युदण्डको सजाय दिन पाईदैन भनेर युएनमा हस्ताक्षर गरेका छौं । हामीले मृत्युदण्डको सजाय दिन सक्दैनौँ । त्यसकारण उनीहरुले नेपाललाई आधार स्थल मान्ने गरेका छन् । यो हिसाबले नेपालको कानुन एकदम कमजोर छ । त्यसैले कानुनलाई सम्बोधन गर्न जरुरी छ । ड्रग्स विरुद्धमा काम गर्ने जुन व्युरो छ त्यो दयनिय अवस्थामा छ ।

प्रहरीमा राजनीतिक हस्तक्षेपको कुरा पटक पटक उठिरहन्छ । यस्तो हो भने त कार्य सम्पादनमा असर परेको छ होला ?

धेरै असर पार्छ नि । असर तत्काल देखिदैन तर बिस्तारै देखिदै जान्छ । मन्त्रीपरिषद्मा मन्त्री नियुक्त गर्दा सिनियर र जुनियरको असन्तुष्टि नेपाली राजनीतिमा हामीले देखेकै हो ।
३० वर्ष म सेवा गर्छु । त्यहाँ भविष्य सुरक्षित छ भनेर यो क्षेत्रलाई चयन गरेर आएको हुन्छ । निजामती सेवा र विभिन्न प्राविधिक क्षेत्र छन् तर युवाहरुको आकर्षणको केन्द्र नेपाल प्रहरी किन त, भन्दा करिएर सुरक्षित होस,समयमा मेरो बढुवा होस,पदोन्नती होस् भनेर आउने हो । अब म ईमानदार पूर्वक संगठनको नेतृत्व गर्छु भनेर तयार भईसकेको व्यक्तिका अगाडि त्यो ठाउँमा टपक्क टिपेर जुनिएरलाई राखिदिएपछि त्यसको मनोबलमा कति खेलाची भयो होला ? त्यसैले यो कुरामा सरकारले ध्यान दिनुपर्छ । यसले कार्यसम्पादनमा ठूलो असर पुगेको हुन्छ ।

नेपालमा ड्रग्स सुरक्षा चुनौतीको रुपमा छ । हेडक्वाटरले बेलाबेलामा अपराध सम्बन्धि प्रेस रिलिज गर्छ त्यसमा हेर्नुहोस जुन घटना घटिरहेको छ त्यसमा केही प्रतिशत योगदान ड्रग्सको पनि छ । ड्रग्समा एउटा रसायन हुन्छ त्यसले व्यक्तिलाई लठ्याउने काम गर्छ आनन्द महशुस गराउछ शरिरको दुखाई कम गराउछ । उसले स्वर्गको त्यो जत्तिको आनन्द कैले महशुसनै गर्दैन । त्यो रसायनले यस्तो असर पार्छ की मान्छेको मनस्थीति चेतना सक्रिय हुँदैन् त्यस्तो व्यक्तिले ड्रग्स पाएन भने छटपटाउछ, अपराध गर्छ । घरको भाडाकुँडा समेत बेच्छन् म आफैले अनुसन्धान गरेको छु । ड्रग्सको धन्दामा लागेको,घर बिग्रीएका हजारौं केश मैलै प्रहरीमा हँुदा अनुसन्धान गरेको छु । हेडक्वाटरको डाटाले के भन्छ भने ड्रग्सनपाए जस्तोसुकै अपराध गर्न पनि पछि हट्दैन् ।

ड्रग्स कारोवारले सुरक्षामा पुर्याउने चुनौतीका बारेमा के भन्नुहुन्छ ?
सुरक्षा चुनौती बढाउनुमा ड्रग्स कारोवार गर्नेको पनि ठुलो हात छ । हरियो डलर खाएका छन् ,डलरको सिरानी हालेर सुतेका छन् । कुनै विषय आए मात्र बाहिर आउने हो । ड्रग्सको कारणले हत्या भएमा एकछिन मण्डलामा आउने, नारा लगाउने, जुन संस्थाले डलर दियो त्यसलाई काम देखाउनका लागि फोटो खिच्यो सकियो । यस्तो पाराले नेपालमा लागू औषधलाई नियन्त्रण गर्न सकिदैन ।

चेतना अभिवृद्धि गर्ने क्रार्यक्रम कसैले गरेको देखिदैन । यौन.हिंसा अपराध र ड्रग्सको कुरालाई नियन्त्रण गर्न तल्लो तहकोे पाठ्यक्रममानै विषयवस्तुहरु समावेश गर्नुपर्छ । यस्तो कार्य सरकारले त गर्दैन भने डलर खानेहरुले के गर्लान ?

नेपाल सरकारले योे कुरामा ध्यान दिनुपर्छ । २९ वर्ष काम गर्दा कुनै पनि जनचेतनामुलक काम गरेको देखिन मैले । नेपालमा ८ देखि १० वटा सुधार केन्द्र छ । तर त्यहाँको आवस्था कारागारको भन्दा दयनिय छ । सुधार हैन त्यहाँ व्यक्ति अपराधिक योजना बनाएर बाहिर आउछन् । सुधार केन्द्रबाट निस्केर फेरि अपराधमा संलग्न भएको मैले नै देखेको छु । यस्तो सुधार केन्द्र हुनु र नहुनुको कुनै औचित्य छैन् ।

खुल्ला सिमाना छ, एरपोर्टको त समस्या छँदैछ, वायोम्ट्रिक सिस्टममा डाटा अध्यावधिक गर्ने सिस्टमनै छैन । रोहिंगा सरणानार्थी काठमाडौँमा आएपछि मात्र नेपाल सरकारले थाहा पाउँछ । जवसम्म सम्पूर्ण हिसाबले सुरक्षा निकायलाई अपडेट गरिदैन तव सम्म नेपाल ड्रग्सको अखडा बनिरहन्छ ट्रान्जिट त हिजो पनि बनेको थियो आज पनि छ भोलि पनि नहोला भन्न सकिन्न ।

नेपालमा युवाहरु दुव्र्यासनीको शिकार बन्नुमा मुख्य दोषी कसलाई देख्नु हुन्छ ?

एकदम राम्रो कुरा गर्नुभयो । हाम्रो समाजमा अभिभावक सचेत छैनन् , निगरानी पटक्कै छैन । तपाईले आफ्नो बच्चा रोयो, फकाउनका लागि अत्याधुनिक फोनहरु दिनुुन्छ, त्यसको असर बारे तपाईले विश्लेषण गर्नुभएको छ ? आफ्नो वच्चाको दैनिकी नियाल्नु भएको छ छैन ? म त भन्छु कुनैपनि अभिभावकले हेरेकै छैनन् । अहिले तपाई ड्रग्सको बारेमा मलाई प्रश्न गरिरहनु भाको छ । हैन गाँजा भन्नुस् कि अफिम बाट बन्ने हेरोइन भन्नुस् कि कोकीन । यो त एउटा ड्रग्स हो अहिले त तपाईको कोकीन जस्तो प्रतित हुने डिजिटल प्लाटफम छ ।

अहिले डिजिटल मिडिया किन कोकिनको रुपमा छ भने तपाईको बालवच्चाको मानसिक अवस्था परिपक्क भएको छैन, तपाई बयस्क हुनुभएको छैन, तपाईसंग फेसबुकमा चार हजार ÷ पाँच हजार साथीहरु छन् । तर तपाईले त्यो साथीको पृष्ठभूमि केलाएर साथी बानाउनु भएको छ ? ती व्यक्तिहरु कस्ता चरित्रका हुन ? ति व्यक्तिको पारिवारिक पृष्ठभूमि के हो ? आपराधमा संलग्न छन की छैनन् ? तपाईले केलाउनु भएको छ ? नकेलाई तपाईसंग चार हजार पाँच हजार साथी हुन्छन ।

यही डिजिटल प्लाटफमले तपाईलाई दुरुपयोग गरिरहेको छ । विभिन्न श्रोत मार्फत् यौनहिंसा गरिरहेको छ । ड्रग्स खान तपाईलाई यही सामाजिक संजालले सिकाई रहेको छ । पढाई रहेको छ । यसमा अभिभावकको निगरानी छ त ? छैन नी ? म भन्छु ९० प्रतिशत भन्दा बढीको घरमा मोवाईल छ भने ८५–८७ प्रतिसत मानिस इन्टरनेटसंग जोडिएको छ । ल भन्नुस् हामी क्ष्त् मा कति धेरै माथि पुगिसकेका छौ । नेपालमा एउटा प्रहरी साईवर व्युरोे छ उसको अबस्था हेनुस् । प्रविधिको विकास अनुसारको उनीहरुलाई सुविधा छैन, काम कसरी हुन्छ ?

अन्त्यमा, अन्तरास्ट्रिय लागूपदार्थ तथा आबैध तस्करीबिरुद्धको दिवसको अवसर समाजलाई तपाईको के सन्देश छ ?

तपाई एक जना, कुनै व्यक्ति लक्षित अपराध गर्नुभयो भने एउटा व्यक्तिको मात्र हत्या गर्नुहुन्छ । तर ड्रग्समा फस्नु भयो भने स—परिवारलाई बिस्तारै बिस्तारै मार्नुहुन्छ । त्यसैले गर्दा यो ड्रग्सकोलतबाट टाढै बसौँ । ड्रग्स सेवन नगरांै लागू औषधले कसैको भलो गरेको छैन । नेपालमा अहिले अध्यादेश मार्फत गाँजा खेतीलाई बैध गर्नुपर्छ भन्ने कुरामा बहस भैरहेको छ । यसलाई बैध गर्नुभन्दा पहिला अध्यायन र अनुसन्धान र विश्लेषण गर्न जरुरी छ ।

फेरी यहाँ त गाँजाको ब्यापार हाम्रो नेपालमा खपत हुन्न बाहिर जाने हो । यसमा अन्तरास्ट्रिय गिरोहले नेपाललाई अखाडा बनाउन सक्छ । त्यसैले संसदमा पेस भएको यो बिधेयक माथि विचार पुर्याउनु जरुरी छ । त्यसैले म के भन्छु भने अन्य आपराध गरेर एउटा ब्यक्ति मात्रै मर्छ तर लागू औषध सेवनले पुरै घर परिवारलाई बिस्तारै बिस्तारै मारिरहेको हुन्छ । समाजमा यसले एउटा ठुलो आपराधलाई निम्ता दिईरहेको हुन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने लागूऔषध ठूलो चुनौतीको विषय पनि हो । यसमा हामी सबै नागरिकहरु सचेत हुन जरुरी छ । –एनएनबीबाट/ रिता बोलाखे

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com