आफ्नै हजुरआमाको हत्या आरोपमा नाती पक्राउ


प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार

आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा प्रहरीले नातीलाई पक्राउ परेको छ । ७७ वर्षीया तुलसा खड्का मृत्य फेला परेपछि प्रहरीले अनुसधान थालेको थियो ।

तुलसाको वैशाख ३१ गते दुधकोशी नदीको बगरमा बालुवाको खाल्डोभित्र शव फेला परेको घटनाको अनुसन्धान गर्दा उनकै नाती निर बहादुर खड्काले हत्या गरेको खुलेपछि प्रहरी पक्राउ गरेको हो ।

झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकेर बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घरभई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा ७७ वर्षीया तुलसा खड्का डेरागरी बस्दै आएकी थिईन ।

अनुसन्धानको क्रममा निर बहादुरले हजुरआमालाई वैशाख २६ गते ईटहरीबाट खोटाङ चिसापानीतर्फ लैजादै गर्दा बराहपोखरी गाउँपालिका—५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरी खाल्डोमा पुरेर फरार भएको प्रहरीको भनाई छ ।

प्रहरीले २९ वर्षीय नाती निर बहादुर खड्कालाई बुधबार दिउँसो पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com