१८ वर्ष पहिले देखिएको दृष्य फेरि देखियो,पाँच ग्रह र चन्द्रमा एउटै लहरमा


प्रकाशित मिति : असार ९, २०७९ बिहीबार

पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रह सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् ।

मौसम राम्रो भएर आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नांगो आँखाले नै देख्न सकिने खगोलविदहरुले जनाएका छन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान करिब साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृृहस्पती, मंगल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको जानकारी दिए । बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए । शुक्र, मंगल, शनि र वृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न सकिन्छ ।

‘यी ग्रहहरुको अनुपम दृष्य नांगो आँखाले नै देखिन्छ, टेलिस्कोप वा अरु कुनै विशेष उपकरण चाहिँदैन,’ भट्टराईले भने । दूरबिनको सहायताले हेर्दा शनि ग्रहको बाहिरको घेरा पनि देखिने उनको भनाइ छ । खगोलशास्त्रबारे जान्न र बुझ्न चाहनेहरुका लागि यो राम्रो अवसर भएको पनि भट्टराईले बताए ।

१८ वर्ष पहिले देखिएको थियो यस्तै दृष्य

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज बिहान सूर्योदय हुनुभन्दा केही घण्टाअघि बृहस्पति र त्यसपछि मंगल ग्रह देखा परेका थिए । सूर्योदय अघि शुक्र र सूर्योदयसँगै बुध ग्रह देखिएका थिए । शुक्र र बुध ग्रहको बीचमा रातो रंगको रोहिणी तारा थियो । रोहिणी पृथ्वीबाट देखिने १५ वटा चम्किला तारामध्ये एक हो ।

यी ग्रहहरू एउटै लहरमा १८ वर्षअघि अर्थात् सन् २००४ को डिसेम्बरमा देखिएका थिए । अब यी ग्रहहरु सन् २०४० मा एउटै लहरमा देख्न पाइने अमेरिकन एस्ट्रानोमिकल सोसाइटीले जनाएको छ ।सौर्यमण्डलमा रहेका ग्रहहरू सबैले आफ्नै कक्षमा सूर्यको परिक्रमा गरिरहेका हुन्छन् । यही क्रममा ती ग्रहहरु एउटै लहरमा आउने गरेका हुन् ।ज्योतिषीहरुले ग्रहहरु एउटै लहरमा आएको अवस्थालाई शुभ संकेतको रुपमा लिने गरिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com