पढाउने गुरुबाटै असुरक्षित छात्राहरु


प्रकाशित मिति : असार ९, २०७९ बिहीबार

– निराजन भट्टराई

गुरु जसले ठूलो फलामको डल्लालाई पनि तिखारेर कपडा सिलाउन योग्य सियो बनाउहुन्छ । गुरु जसले माटोमुनी पुरिएर रहेको बिउलाई माटोबाहिर आउन उपयुुक्त वातावरण मिलाएर उसलाई माटोबाहिर आएर फल्न फुल्न र यो प्रकृतिको आभास गर्न सहयोग गर्नुहुन्छ। गुरु जसले अज्ञानताको संन्सारमै हिडिरहेको ब्यक्तीलाई ज्ञानको समुन्द्रमा भिज्न सहयोग गर्नुहुन्छ।

यी यस्ता अनेकौ दिएर नसक्ने उदाहरणका लागि योग्य मानिने शिक्षक अर्थात गुरु शब्द नै आजकल डरको रुपमा परिबर्तन हुँदैछ । आफुले शिक्षा दिने चेलीहरु माथी नै एउटा गुरुबाटै अनैतिक हर्कतहरु भइरहेका समाचारहरु आइरहेका छन् । गुरु शब्दबाटै भयभित भएर कैयन छाज्ञाहरु बिधालयको कोठासम्म जान डराउन थालेका छन् ।

अहिले नेपाल यस्तै अबस्थामा गुज्रिएको तपाई हामी सबैले देखिरहेका छौ । एकपछी एक गर्दै यस्ता अनैतिक तथा घिनलाग्दा कामहरु गुरुहरुबाट नै भएका छन । यो समस्या देशकै जटिल समस्या बनिरहेको छ । बिहान मुहारमा मुस्कान बोकेर हिडेकी छोरी बेलुका कस्तो अबस्थामा बिधालयबाट फर्किने हो भनेर अभिभावकले चिन्ता मान्ने अवस्था छ ।

कतिपय बिधालयका गुरुहरुले बिहानको क्लास लिने नाममा बोलाएर ललाई फकाइ गरेर चेलीहरुमाथी यौनहिंसा गरेको अबस्था छ । तर सबै गुरुले त्यस्तो गर्छन् भन्न खोजिएको होइन । तर गलत सोच भएकाले गर्दा नै आज गुरु शब्दबाट नै डराएर हिड्नुपर्ने र आफ्ना घरका चेलिबेटीहरुलाई बिधालय पठाउनबाट डराउनुपर्ने अबस्था आएको छ।

आफुले पढाउने चेलीहरुलाई त्यस्तो नजरले हेर्नेलाई ढाकछोप गरेर समाजले पनि राख्नु हुदैन।कति ठूलो मान्छे नै किन नहोस कति ठूलो बिज्ञ महान गुरु नै किन नहोस जसले नारीको अनुमती बिना पनि उसलाई छुन आट गर्यो भने उसको इज्जत माथी खेलवाड गर्ने कुरा गर्यो भने उसलाई कानुनी देखि लिएर सामाजिक रुपमा पनि ठूलो सजाय दिनुपर्छ। कुनै पावर र पैसाको भरमा उसलाई ढाकछोप गर्न खोजियो भने त्यो जति ठुलो पाप केही हुने छैन।

दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याएको खण्डमा अन्य गुरुहरुले शीर झुकाउने अवस्था आउनेछैन । अर्कोतर्फ चेलीहरुलाई प्रतिवाद र प्रतिरक्षाका लागि समेत हिम्मत आउनेछ ।

निराजन भट्टराई
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com